आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

बाबुरामसँगै गोरखा पुगेर प्रधानमन्त्री दाहालले शिलान्यास गरे पन्थडिही-कटहरे-हर्मी-साहिलटार सडक

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत ७ २०७९
images
बाबुरामसँगै गोरखा पुगेर प्रधानमन्त्री दाहालले शिलान्यास गरे पन्थडिही-कटहरे-हर्मी-साहिलटार सडक

यो सडकखण्ड गत मंसिर ४ को निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल निर्वाचित भएको गोरखा क्षेत्र नम्बर २ मा पर्छ।

images
images

काठमाडौं- गारेखाको पन्थडिही-कटहरे-हर्मी-साहिलटार सडक शिलान्यास गरिएको छ। 

images
images
images

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार गोरखा पुगेर पन्थहिटी-कटहरे-हर्मी र लमजुङको साहिलटार जोड्ने उक्त सडक स्तरोन्नति कार्यको शिलान्यास गरेका हुन्।

images
images

बिमिरेमा आज भएको कार्यक्रममा प्रधानमन्त्री दाहालको साथमा उप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि उपस्थित थिए। 

images
images

उक्त सडकखण्ड गत मंसिर ४ मा भएको संघीय निर्वाचनमा प्रधानमन्त्री दाहाल निर्वाचित भएको गोरखा क्षेत्र नम्बर २ मा पर्छ। वूड हिलरलामा जेभी, महाराजगञ्जले ३० महिनामा सक्नेगरी यो सडकको ठेक्का पाएको छ।

भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने यो योजनाअन्तर्गत पन्थहिटीदेखि साहिलटारसम्मको झण्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्रे हुनेछ। 

योजनाको लागत ८० करोड रुपैयाँ छ।


प्रकाशित : मंगलबार, चैत ७ २०७९०८:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend