आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

बुढीगण्डकीको बजेट घटाएर नारायणीमा तटबन्ध निर्माण र सुनकोशी मरिन डाइभर्सनलाई थपियो

उत्तर दक्षिण करिडोरको बजेट काटेर मदन भण्डारी राजमार्गलाई

images
मंगलबार, चैत ७ २०७९
images
बुढीगण्डकीको बजेट घटाएर नारायणीमा तटबन्ध निर्माण र सुनकोशी मरिन डाइभर्सनलाई थपियो

त्यस्तै प्रदेश राजधानी जोड्ने राजमार्ग स्तरोन्नतिको १५ करोड बजेट सुर्यविनायक धुलिखेल र कोटेश्वर सडकका लागि रकमान्तर गरेको छ। 

images
images

काठमाडौं- कार्यान्वयनमा समस्या आइरहेको बुढीगण्डकी जलविद्युत आयोजनाको बजेट थप कटौती भएको छ। यसअघि विनियोजन भएको बुढीगण्डकीको बजेट अहिले कटौती भएको हो। 

images
images
images

बुढीगण्डकीको बजेट कटौती गरेर ४० करोड रुपैयाँ चितवनमा नदी नियन्त्रणका लागि रकमान्तारण गरिएको छ। नारायणी नदी व्यवस्थापन आयोजनाको रिभेटमेन्ट निर्माण तथा तटबन्ध निर्माणका लागि ४० करोड रकमान्तर गरिएको छ। 

images
images

अर्थ मन्त्रालयले प्रकाशित गरेको विवरणअनुसार बुढीगण्डकीको १ अर्ब बजेट अर्को आयोजना सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि रकमान्तर गरिएको छ। डाइभर्सनको सिन्धुली सुरूङ निर्माणका लाग भन्दै १ अर्ब बजेट थप गरिएको हो। 

images
images

फागुनमा कुल १ अर्ब ६५ करोड बजेट रकमान्तर भएको छ। विभिन्न मन्त्रालयले एउटा उपशीर्षकबाट अर्को उपशीर्षकमा बजेट रकमान्तर गर्नसक्छन्। तर यसका लागि अर्थको सहमति भने चाहिन्छ।

खर्च नभएको आयोजनाको बजेट आवश्यक भएको आयोजनामा रकमान्तर गर्नसक्ने भएपनि मन्त्री तथा राजनीतिक नेतृत्वले स्वार्थका लागि जथाभावी रकमान्तर गर्नसक्ने जोखिम हुन्छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रायलले कर्णाली, कालीगण्डकी र कोशी करिडोरको १० करोड बजेट मदन भण्डारी राजमार्ग आयोजनामा रकमान्तर गरेको छ। 

त्यस्तै प्रदेश राजधानी जोड्ने राजमार्ग स्तरोन्नतिको १५ करोड बजेट सुर्यविनायक धुलिखेल र कोटेश्वर सडकका लागि रकमान्तर गरेको छ।


प्रकाशित : मंगलबार, चैत ७ २०७९०४:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend