आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

स्थानीय तहको आम्दानी घट्दा विकास निर्माण प्रभावित

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत ६ २०७९
images
स्थानीय तहको आम्दानी घट्दा विकास निर्माण प्रभावित

महाकाली नदीमा यसपटक निर्माण सामग्री उत्खननका लागि ठेक्का नै लाग्न सकेको छैन। त्यसैगरी बसपार्कको पार्किङ शुल्कको ठेक्का गत वर्षको भन्दा कममा लागेको छ।

images
images

कञ्चनपुर- स्थानीय तहको आम्दानी घट्दा यसको असर विकास निर्माणका काममा देखिएको छ। गत वर्षको तुलनामा यसवर्ष राजस्व संकलनमा कमी आएपछि यसको असर विकास निर्माणमा देखिएको हो। 

images
images
images

कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौलीले आन्तरिक राजस्वमा आएको कमी र सरकारले दिने अनुदान समेत घट्दा नगरपालिकाका काम प्रभावित बनेको बताए। 

images
images

'नगरपालिकासँग बजेट अभाव हुँदा कतिपय विकास निमार्णका काम ठप्प छन्', उनले भने, 'बजेट अभावमा निर्माण व्यवसायीले भुक्तानीसमेत पाउन सकेका छैनन्।' बजेट अभावकै कारण नगरपालिकाले योजना, गोष्ठी सेमिनाार लगायतका काम बन्द नै गरेको उनको भनाइ छ। 

images
images

'राष्ट्रिय अनुदान न्यून छ नगरपालिकाको राजस्वबाट आउने रकम पनि न्यून आएको छ', उनले भने, 'घरजग्गा कारोबारबाट अहिलेसम्म छ करोड आइसक्नुपर्ने हो तर करिब ५० लाख मात्रै आएको छ।' 
 
नगरपालिकामा अन्य प्रकारका सेवाबाट हुने आम्दानीसमेत घटेको उनले बताए। 'व्यापार नहुँदा व्यवसायीले पनि राजस्व तिरेका छैनन्', उनले भने, 'चालु खर्चमा पनि सङ्कुचन आएको छ।' 

उनले बजेट नै नभएपछि नगरपालिकामा हुने चहलपहल नै बन्द भएको बताए। नगरपालिकाले महेन्द्रनगर बसपार्कको पार्किङ र महाकाली नदीमा निर्माण सामग्री उत्खननबाट आउने ठूलो रकम यसपटक गुमाउनु परेको उनको भनाइ छ।

महाकाली नदीमा यसपटक निर्माण सामग्री उत्खननका लागि ठेक्का नै लाग्न सकेको छैन। त्यसैगरी बसपार्कको पार्किङ शुल्कको ठेक्का गत वर्षको भन्दा कममा लागेको नगरपालिकाले जनाएको छ। 

त्यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पनि आन्तरिक आम्दानीमा कमी आएपछि नगरको काम प्रभावित बनेको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकेन्द्रराज भट्टले बताए। उनले आम्दानी घटेपछि नगरका हरेक योजनामा २० प्रतिशत कटौती गरी कार्यक्रम गरिन लागेको जानकारी दिए। उनले भने, 'सङ्घ र प्रदेश सरकारबाट आउने अनुदानमा २० प्रतिशत कटौती गरेपछि त्यसको असर नगरपालिकामा परेको छ।' 

बेदकोट नगरपालिकाका पनि आन्तरिक आम्दानीमा कमी आएको आएको छ। बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले आन्तरिक आयमा कमी देखिएको बताए। 'लक्ष्यअनुसारको राजस्व संकलन भएको छैन', उनले भने। रासस


प्रकाशित : सोमबार, चैत ६ २०७९११:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend