आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

लक्ष्यअनुसार उठेन विमानस्थल भन्सार राजस्व

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत ६ २०७९
images
लक्ष्यअनुसार उठेन विमानस्थल भन्सार राजस्व

समीक्षा अवधिमा कार्यालयले सबैभन्दा बढी राजस्व मूल्य अभिवृद्धिकर शीर्षकमा उठाएको छ। उक्त शीर्षकमा कार्यालयले पाँच अर्ब ९१ करोड ९६ लाख ५५ हजार बराबर राजस्व उठाएको छ।

images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा करिब १२ अर्ब भन्सार राजस्व संकलन गरेको छ। जुन लक्ष्यको ५९ दशमलव ०२ प्रतिशत हो।

images
images
images

विमानस्थल भन्सार कार्यालयले चालु आवको फागुनसम्म १९ अर्ब ९५ करोड ५१ लाख ८१ हजार भन्सार उठाउने लक्ष्य लिएकोमा सो अवधिमा ११ अर्ब ७७ करोड ६६ लाख ३८ हजार ३४ बराबर राजस्व संकलन गरेको हो। कार्यालयले चालु आवमा ३० अर्ब ७२ करोड ३५ लाख ३२ हजार राजस्व संकलन गर्ने वार्षिक लक्ष्य लिएको छ। 

images
images

फागुनमा मात्रै दुई अर्ब ७३ करोड ५० लाख ६४ हजार बराबर राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा एक अर्ब ७२ करोड ९४ लाख ४४ हजार मात्रै संकलन भएको कार्यालयको भनाइ छ । फागुनमा संकलन भएको राजस्व लक्ष्यको ६३ दशमलव २३ प्रतिशत हो।

images
images

समीक्षा अवधिमा कार्यालयले सबैभन्दा बढी राजस्व मूल्य अभिवृद्धिकर शीर्षकमा उठाएको छ। उक्त शीर्षकमा कार्यालयले पाँच अर्ब ९१ करोड ९६ लाख ५५ हजार बराबर राजस्व उठाएको छ। साथै पैठारी (विदेशी वस्तुको आयात) शीर्षकमा चार अर्ब ६० करोड २४ लाख ४८ हजार र अन्तःशुल्क शीर्षकमा एक अर्ब १९ करोड २५ लाख ५७ हजार संकलन गरेको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतम पछिल्लो समय व्यवसायीले आयातमा चासो नदेखाउँदा भन्सार राजस्व संकलनमा कमी आएको बताए। उनका अनुसार सरकारले विभिन्न वस्तुको आयातमा गरेको कडाइ, तरलता अभाव लगायतका कारण पछिल्लो समय भन्सार राजस्व घटेको हो। रासस


प्रकाशित : सोमबार, चैत ६ २०७९०९:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend