आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

५० करोड लगानीमा लुब्रिकेन्ट्स उद्योग स्थापना, बैशाखदेखि ‘नेपाल गोल्ड’ ब्रान्डमा बिक्री सुरु हुने

images
सोमबार, चैत ६ २०७९
images
५० करोड लगानीमा लुब्रिकेन्ट्स उद्योग स्थापना, बैशाखदेखि ‘नेपाल गोल्ड’ ब्रान्डमा बिक्री सुरु हुने

नेपाल गोल्ड लुब्रिकेन्ट र ग्रिज प्याकिङका लागि लाग्ने बकेट र अन्य सामग्रीसमेत कम्पनी आफैले उत्पादन गर्नेछ।

images
images

काठमाडौं- नयाँ लुब्रिकेन्ट्स उद्योग स्थापना भएको छ। ५० करोड रुपैयाँ लगानीमा युनाइटेड लुब्रिकेन्टस इन्डष्ट्रिज प्रालि दर्ता भइसकेको र आगामी बैशाखदेखि उत्पादन सुरु हुने उद्योगले जनाएको छ। 

images
images
images

अटोमोबाइल पार्ट्स र अन्य व्यवसायको क्षेत्रमा प्रतिष्ठित सत्यदीप ग्रुपले खाद्य उद्योग तथा अक्सिजन ग्यास उत्पादन कार्यमा संलग्न एसबी ग्रुपसँग मिलेर ‘नेपाल गोल्ड’ ब्रान्डको लुब्रिकेन्ट र ग्रिज उत्पादन गरी नेपाली बजारमा उपलब्ध गराउने तय भइको छ। यी दुई समूहको लगानीमा सञ्चालित युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिज प्रालिले धनुषाको ढल्केवर-३ लालभित्ती चोकमा ल्युब आयल ब्लेन्डिङ प्लान्ट सञ्चालन गर्ने अन्तिम तयारी गरिरहेको छ। 

images
images

२०८० बैशाखदेखि नै ‘नेपाल गोल्ड’ ब्रान्डको लुब्रिकेन्टस र ग्रिज नेपाली बजारमा उपलब्ध हुनेछ। सत्यदीप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्र भन्छन्, ‘सबै संरचना निर्माणको कार्य पुरा भइसकेको छ। बैशाखदेखि नयाँ नेपाली लुब्रिकेन्टको उत्पादन प्रारम्भ हुनेछ।’ युनाइटेड लुब्रिकेन्टस इन्डष्ट्रिज प्रालिले २ बिघा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको ल्युब आयल ब्लेन्डिङ प्लान्ट र अन्य संरचना निर्माण गरेको छ। 

images
images

सो क्षेत्रमा ६ वटा स्टोरेज ट्यांकी रहनेछन् र २ हजार केएल लुब्रिकेन्ट स्टोरेज गर्न सकिने छ। दैनिक रुपमा १५ हजार लिटर लुब्रिकेन्टस र १० हजार किलोग्राम ग्रिज उत्पादन गर्न सकिने छ। त्यसैगरी फिनिस्ड गुड राख्नका लागि २० हजार वर्गफिट क्षमताका दुई वटा स्टोर रहने छन्। 

बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनभन्दा नेपालमा उत्पादन हुने नयाँ लुब्रिकेन्ट र ग्रिजको गुणस्तरमा कमी नहुने मिश्रको दाबी छ। अन्तर्राष्ट्रिय रुपमा उपलब्ध हुने एपीआई लगायतका विभिन्न गुणस्तर प्रमाण चिन्ह पाए बराबरको गुणस्तर यसमा हुनेछ। लुब्रिकेन्ट र ग्रिज उत्पादनका लागि आवश्यक उपकरण तथा अन्य कच्चा पदार्थ सबै गुणस्तरीय हुनेछन्। 

उक्त उद्योग स्थापनाका लागि करिब ५० करोड रुपैयाँ लागत लाग्ने जनाएको छ। एसबी ग्रुपका सञ्चालक यस बर्धन सर्राफ भन्छन्, ‘हालको विषम परिस्थितिमा पनि रकमको जोहो गरेर काम अगाडि बढाएका छौं।’ बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गर्नसमेत अप्ठ्यारो मान्ने समयमा अन्य क्षेत्रको लगानी कटौती गरेर अगाडि बढिरहेको र अझै पनि लगानीयोग्य रकमको खोजी गरिरहेको उनको भनाइ छ। 

नेपाल गोल्ड लुब्रिकेन्ट र ग्रिज प्याकिङका लागि लाग्ने बकेट र अन्य सामग्रीसमेत कम्पनी आफैले उत्पादन गर्नेछ। बजारमा २५० एमएलदेखि २१० लिटरसम्मको प्याकिङमा लुब्रिकेन्ट र ग्रिज उपलब्ध हुने बताइएको छ। 

नेपाल गोल्ड लुब्रिकेन्ट र ग्रिज उत्पादन भए पश्चात पहिलो चरणमा करिब ५० जनाले रोजगारी पाउने छन्। यो नेपालको रोजगार क्षेत्रमा नयाँ अवसरसमेत हुनेछ। नेपाली बजारमा अन्य विभिन्न ब्रान्डका लुब्रिकेन्ट पनि उत्पादन हुँदै आएको छ। 


प्रकाशित : सोमबार, चैत ६ २०७९०९:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend