आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउन ‘ग्लोबल मनि विक’ मनाइँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत ६ २०७९
images
वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउन ‘ग्लोबल मनि विक’ मनाइँदै

वित्तीय साक्षरता अभिवृद्धि गरी वित्तीय समावेशिता प्रवर्द्धनका माध्यमले स्वरोजगार सिर्जना, उत्पादन तथा आय वृद्धि र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले युवामा वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यका साथ ‘ग्लोबल मनि विक’ विभिन्न कार्यक्रमका साथ मनाउन सबै सम्बद्ध संस्था वा निकायलाई आग्रह गरेको छ।

images
images
images

वार्षिकरुपमा मनाइने साप्ताहिक अभियान सन् २०१२ देखि हरेक वर्षको मार्चमा मनाउन सुरू गरिएको हो। विश्वका धेरै मुलुकमा यो सप्ताह मनाउने गरिन्छ। युवालाई वित्तीय ज्ञान, सीप र मनोवृत्तिका साथै व्यावहारिकरुपमा सक्षम बनाउँदै विवेकशील वित्तीय निर्णय गर्न अभिप्रेरित गर्ने र आर्थिक समृद्धिमा सघाउ पुर्‍याउने उद्देश्यमा यो सप्ताह केन्द्रित रहँदै आएको केन्द्रीय बैंकले जनाएको छ।

images
images

दशौँ शृङ्खलाका रुपमा सन् २०२२ मा मनाइएको ‘ग्लोबल मनि विक’ मा प्रत्यक्षरुपमा एक सय नौ र भर्चुअल माध्यमबाट एक सय ७० मुलुकका चार करोडभन्दा बढी युवाको सहभागिता थियो।
 
आजदेखि मार्च २६ सम्म नेपाल राष्ट्र बैंकको संयोजनमा नेपालभर यो कार्यक्रम  मनाउन लागिएको छ। साप्ताहिक कार्यक्रममार्फत युवामा वित्तीय शिक्षाको प्रवर्द्धन गर्दै वित्तीय साक्षरता अभिवृद्धि गरी वित्तीय समावेशिता प्रवर्द्धनका माध्यमले स्वरोजगार सिर्जना, उत्पादन तथा आय वृद्धि र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

images
images

यस वर्ष नेपाल राष्ट्र बैंक, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक, वित्तीय तथा गैरबैंक वित्तीय संस्था, सहकारी विभाग तथा सहकारी संस्था, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेसनल बैंकिङ इन्स्टिच्युट, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष आदि निकाय तथा संस्थाले विभिन्न कार्यक्रम आयोजना गर्नेछन्।

विद्यालय तथा क्याम्पसमा अध्ययनरत युवा विद्यार्थीलाई समेटी वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गर्ने, वित्तीय चेतना अभिवृद्धिसम्बन्धी रचनात्मक क्रियाकलाप गर्ने, वित्तीय चेतनामूलक प्रतिस्पर्धा तथा वित्तीय चेतनामूलक र्‍याली आयोजना गर्ने छन्। रासस


प्रकाशित : सोमबार, चैत ६ २०७९०७:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend