आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

महानगरले माग्यो टेकु दोभान खण्डमा पुनःनिर्माण गरिएका सम्पदाको विवरण

images
सोमबार, चैत ६ २०७९
images
महानगरले माग्यो टेकु दोभान खण्डमा पुनःनिर्माण गरिएका सम्पदाको विवरण

थापाथलीदेखि टेकु दोभानसम्म एसियन विकास बैंकको ऋण सहायताबाट तीन चरणमा नदी सुधार परियोजना सञ्चालन भइरहेको छ। परियोजनाको पहिलो चरणमा टेकुदोभानदेखि टेकु पुलसम्मका जीर्ण सम्पदा पुनःनिर्माण तथा मर्मतसम्भार भएका छन्।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले थापाथली टेकु दोभान खण्डमा पुनःनिर्माण गरिएका सम्पदाको विवरण पठाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई आग्रह गरेको छ।

images
images
images

सम्पदा क्षेत्रको संरक्षण, व्यवस्थापन र प्रवर्द्धन गर्ने दायित्व कामपाको भएको हुनाले २०७२ सालको भूकम्पले क्षति भएपछि पुनःनिर्माण गरिएका सम्पदाको विवरण पठाउन विकास समितिलाई आग्रह गरिएको हो।

images
images

पुनः निर्माण भएका सम्पदाको विवरणका आधारमा सम्पदाको एकीकृत संरक्षण, व्यवस्थापन र प्रवर्द्धनका विषयमा अघि बढ्न सजिलो हुन्छ, त्यसकै लागि विवरण माग गरिएको कामपाको उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन्।

images
images

थापाथलीदेखि टेकु दोभानसम्म एसियन विकास बैंकको ऋण सहायताबाट तीन चरणमा नदी सुधार परियोजना सञ्चालन भइरहेको छ। परियोजनाको पहिलो चरणमा टेकुदोभानदेखि टेकु पुलसम्मका जीर्ण सम्पदा पुनःनिर्माण तथा मर्मतसम्भार भएका छन्। यस चरणमा पुनःनिर्माण भएका ११ वटा सम्पदा गुठी संस्थान र निजी गुठीलाई हस्तान्तरण गरिसकिएको छ।

शिव मन्दिर, लक्ष्मेश्वर सत्तल, पुजारी सत्तल, पुरोहित घाट सत्तल, वेष्ट सत्तल, राजभण्डारी सत्तल, मानन्धर सत्तल, कार्की सत्तल, मुन्सिघाट सत्तल, पञ्चनारीघाट सत्तल र लक्ष्मेश्वर मन्दिरको सबलीकरण गरिएको छ। यसका लागि करिब ३७ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो।

त्यसैगरी, दोस्रो र तेस्रो चरणमा टेकु पुलदेखि टुकुचा बागमती दोभान हुँदै थापाथली पुलसम्मको खण्डमा पर्ने सम्पदा पुनःनिर्माण, मर्मतसम्भार र नदी क्षेत्रको सुन्दरता बढाउने पूर्वाधार निर्माण भइरहेका छन्। दोस्रो चरणको काम गर्न करिब ४० करोड र तेस्रो चरणको काम गर्न करिब ३५ करोड रुपैयाँ लागतमा अनुमान गरिएको छ। 

यस क्षेत्रमा सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका प्राचीन सम्पदा छन्। ती मूर्त सम्पदाहरुको कुनै न कुनै रुपमा सामाजिक जीवनका चालचलन, रीतिथिति परम्परासँग सम्बन्धित छन्। सम्पदाहरुको इतिहास, धर्म, संस्कृति र सामाजिक जीवनसँग सम्बन्धित छन्।

सम्पदाको परम्परागत सामाजिक उपयोगसँगै नदी किनार क्षेत्रलाई विद्यार्थीका लागि वातावरण शिक्षाको व्यावहारिक ज्ञान लिनसमेत उपयोग हुने बताइएको छ। यो मानव निर्मित प्राचीन भौतिक संरचना, महत्वसँगै प्राकृतिक सम्पदाको निकट सम्बन्ध भएको स्थान हो।


प्रकाशित : सोमबार, चैत ६ २०७९०४:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend