बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

विद्युतीय एक्सप्रेस टी ट्याक्सी किन्नेलाई नबिल बैंकले सहजै ऋण दिने, सिप्रदी र नबिल बैंकबीच सम्झौता

आइतबार, चैत ५ २०७९
विद्युतीय एक्सप्रेस टी ट्याक्सी किन्नेलाई नबिल बैंकले सहजै ऋण दिने, सिप्रदी र नबिल बैंकबीच सम्झौता

टाटा एक्सप्रेस टी विद्युतीय ट्याक्सी खरिद गर्न चाहने व्यक्ति तथा संस्थालाई नबिल बैंकका जुनसुकै शाखाबाट सहज र सरल तरिकाबाट कर्जा उपलब्ध गराउने सिप्रदी र नबिलबीच भएको सम्झौतामा उल्लेख छ।

काठमाडौं- टाटा मोटर्सले नेपाली बजारमा उपलब्ध गराएको विद्युतीय ट्याक्सी एक्सप्रेस टी खरिद गर्नेलाई नबिल बैंकले सहजै कर्जा दिने भएको छ। यसका लागि आइतबार सिप्रदी ट्रेडिङ प्रालि र नबिल बैंकबीच सम्झौता भएको छ। 

सिप्रदीले उपलब्ध गराएको टाटा मोटर्सको प्रिमियम ईभी फ्लिट सर्भिस (एक्सप्रेस टी विद्युतीय ट्याक्सी) खरिद गर्नेहरुका लागि ८० प्रतिशतसम्म कर्जा लगानी गर्नेछ। विलासी र आरामदायी यात्राका लागि एक्सप्रेस टी विद्युतीय सेडान ट्याक्सी उपयुक्त रहेको कम्पनीले जनाएको छ। 

टाटा एक्सप्रेस टी विद्युतीय ट्याक्सी खरिद गर्न चाहने व्यक्ति तथा संस्थालाई नबिल बैंकका जुनसुकै शाखाबाट सहज र सरल तरिकाबाट कर्जा उपलब्ध गराउने सिप्रदी र नबिलबीच भएको सम्झौतामा उल्लेख छ। ७ वर्षसम्मका लागि उपलब्ध हुने कर्जाको ब्याज १४.१ प्रतिशत हुनेछ। त्यस्तै बैंकले गाडीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लगानी गर्न सक्नेछ। 

अहिले एक्सप्रेस टी विद्युतीय ट्याक्सी खरिद गर्न चाहनेहरुले सहजै खरिद गर्न सक्ने अवस्था रहेको सिप्रदीले जनाएको छ। विद्युतीय ट्याक्सी चलाएर सजिलै ईएमआई तिर्न र आकर्षक आम्दानी गर्न सक्ने पनि कम्पनीले जनाएको छ। 

नेपाली बजारमा विद्युतीय ट्याक्सी तथा विद्युतीय कारलाई आम मानिसको साधनका रुपमा विकास गर्न टाटा मोटर्स र सिप्रदीले राम्रो योगदान गरिरहेको छ। 

सिप्रदीले विद्युतीय कारको सर्भिसका लागि देशकै ठूलो नेटवर्क विस्तार गरेको छ। त्यस्तै एक्सप्रेस टी विद्युतीय ट्याक्सीमा बिक्री सुरु गरेसँगै सिप्रदीले यो ट्याक्सीका लागि अलग्गै सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। 


प्रकाशित : आइतबार, चैत ५ २०७९१३:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend