बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सीजी मोटर्सका विद्युतीय गाडी किन्न प्रभु बैंकले सहजै कर्जा उपलब्ध गराउने

आइतबार, चैत ५ २०७९
सीजी मोटर्सका विद्युतीय गाडी किन्न प्रभु बैंकले सहजै कर्जा उपलब्ध गराउने

सम्झौताअनुसार प्रभु बैंकका सबै शाखाहरूबाट ग्राहकहरूलाई गाडी खरिद गर्न ७ वर्षको अवधिसम्मका लागि सुलभ ऋण सुविधाहरू सजिलोसँग उपलब्ध हुनेछ।

काठमाडौं- नेटा भीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्स प्रालिले बिक्री गर्दै आएको गाडीहरू नेटा भी तथा सीजी केवाईसी भी ५ विद्युतीय भ्यानमा प्रभु बैंकले सअजै कर्जा दिने भएको छ।

बैंक र सीजी मोटर्सबीच भएको सम्झौताअनुसार अब नेटा भी गाडी तथा सीजी केवाईसी भी ५ भ्यान खरिद गर्ने ग्राहकहरुले प्रभु बैंकबाट सहजै कर्जा लिन सक्नेछन्। दुई संस्थाबीच भएको सम्झौता पत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल तथा ग्राहक कर्जा प्रमुख वीरेन्द्र भट्ट र सीजी मोटर्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवाल तथा महाप्रबन्धक प्रकाशबाबु देवकोटाले हस्ताक्षर गरेका हुन्।

सम्झौतामा नेटा भी वा सिजी केवाईसी भी ५ विद्युतीय भ्यान खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा ८० प्रतिशतसम्म सवारी साधन कर्जा प्रभु बैंकले उपलब्ध गराउने उल्लेख छ।

यो सहयोगले सीजी मोटर्सका विद्युतीय गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई सुलभ र सहज वित्तीय सेवाहरू प्रदान गर्न लक्ष्य राखेको छ। सम्झौताअनुसार प्रभु बैंकका सबै शाखाहरूबाट ग्राहकहरूलाई गाडीको लागि ७ वर्षको अवधिसम्मको लागि सुलभ ऋण सुविधाहरू सजिलोसँग उपलब्ध हुनेछ। अर्थात् मात्र २० प्रतिशतको डाउन पेमेन्टमा नेटा भीको मालिक बन्न सकिनेछ।

हाल प्रभु बैंकको देशभर रहेका सम्पूर्ण शाखाबाट नै कर्जा सुविधा ग्राहकले लिन सक्नेछन्। ऋणलाई नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशिका र निर्देशनहरूसँग समायोजन गरिएको छ। यो योजना सीजी मोटर्स प्रालिको आधिकारिक बिक्रेता र प्रभु बैंकका सबै शाखाहरुबाट नेपाल भरी लागु हुनेछ।


प्रकाशित : आइतबार, चैत ५ २०७९०७:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend