आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

दाङमा देखिएन स्वास्थ्य बीमामा आकर्षण

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत ५ २०७९
images
दाङमा देखिएन स्वास्थ्य बीमामा आकर्षण

जिल्लाका दशवटै पालिकामा ३२ हजार ८ सय बढीले बीमा गरेका छन्।

images
images

घोराही- दाङका दशवटै पालिकामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको छ। आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले चार वर्षदेखि यहाँ स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भइरहेको हो।

images
images
images

आर्थिक अभावका कारण समस्यामा परेका नागरिकलाई स्वास्थ्य सेवामा पहुँज पुर्‍याउने उद्देश्यले कार्यक्रम लागु भए पनि जिल्लामा खासै आकर्षण नदेखिएको राष्ट्रिय बीमा बोर्ड दाङका प्रमुख गुद्धलाल वलीले बताए। चार वर्षदेखि कार्यक्रम सञ्चालन गरिएको भए पनि बीमा गर्नेको संख्या बढ्न नसकेको उनको भनाइ छ।

images
images

प्रमुख वलीका अनुसार जिल्लाका दशवटै पालिकामा ३२ हजार ८ सय बढीले बीमा गरेका छन्। हालसम्म १६ हजार नौ सय ३३ महिला र १५ हजार आठ सय ६७ पुरुषले बीमा गरेका हुन्। सबैभन्दा बढी घोराही उपमहानगरपालिकामा १५ हजार पाँचसय ९१ बिमित छन्।

images
images

तुलसीपुर उपमहानगरपालिकामा सात हजार सातसय ३८, लमही नगरपालिकामा एक  हजार सातसय ६७, बबई गाउँपालिकामा एक हजार चारसय ३९, बंगलाचुली गाउँपालिकामा छ सय ७५, दङ्गीशरण गाउँपालिकामा आठ सय ९७, गढवा गाउँपालिकामा सात सय ७९, राजपुर गाउँपालिकामा पाँचसय ३३, राप्ती गाउँपालिकामा एक हजार चारसय ४३ र शान्तिनगरमा एक हजार ४० बिमित रहेका प्रमुख वलीले जानकारी दिए।

उनका अनुसार हालसम्म बीमा गर्नेमध्ये सामान्य परिवारका १७ हजार आठसय ३३, ज्येष्ठ नागरिक १० हजार दुईसय ३६, अति अशक्त एक हजार तीनसय ५२, महिला स्वास्थ्य स्वयम्सेविका एक हजार एकसय ९१, एचआईभी संक्रमित दुईसय २८, एमडीआर टिभी १० र लेप्रोसी रोगका चारजना छन्। 

‘आर्थिक रूपमा समस्यामा परेका परिवारलाई उपचार सेवा लिन सहजताका लागि बीमा कार्यक्रम ल्याइएको भए पनि चेतनाको अभावका कारण बीमा गर्नेको संख्या बढ्न सकेको छैन’, प्रमुख वलीले भने। 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, लमही अस्पताल, श्रीगाउँ प्राथमिक स्वास्थ्य केन्द्र, प्राथमिक स्वास्थ्य केन्द्र स्युजा र बंगलाचुली अस्पतालले बीमा गरे बापत उपचारका लागि रकम उपलब्ध गराउँदै आएका छन्। रासस 


प्रकाशित : आइतबार, चैत ५ २०७९०६:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend