आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

बुढीगण्डकी जलविद्युत आयोजनाको काम तत्काल सुरु गर्न वरिष्ठ उपाध्यक्ष ढकालको माग

images
आइतबार, चैत ५ २०७९
images
बुढीगण्डकी जलविद्युत आयोजनाको काम तत्काल सुरु गर्न वरिष्ठ उपाध्यक्ष ढकालको माग

वरिष्ठ उपाध्यक्ष ढकालले गोरखा जिल्लाको आर्थिक सम्मद्धि र विकासमा रणनैतिक भूमिका रहेका दुई ठुला आयोजनाहरु गोरखकाली रबर उद्योग पुनः संचालन र बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम तत्काल सुरु गर्नुपर्ने बताए।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गोरखाको विकासको लागि बुढिगण्डकी जलविद्युत आयोजना छिटो अघि बढाउनु पर्ने बताएका छन्।

images
images
images

गोरखा उद्योग वाणिज्य संघको ४७औं वार्षिक साधारण सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले गोरखा जिल्लाको आर्थिक सम्मद्धि र विकासमा रणनैतिक भूमिका रहेका दुई ठुला आयोजनाहरु गोरखकाली रबर उद्योग पुनः संचालन र बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम तत्काल सुरु गर्नुपर्ने बताए।

images
images

‘नेपाल सरकारबाट सहजीकरण र सहयोग भएमा गोरखकाली रबर उद्योग संचालन गर्न मैले पनि पहल गर्नेछु । यसलाई तुरुन्त अगाडि बढाउन सकिन्छ,’ उनले भने,‘यसका साथै बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम तत्काल सुरु गर्न आग्रह गर्न चाहन्छु।’

images
images

उनले मनकामना आउने पर्यटकलाई गोरखा दरबार र यहाँका अन्य पर्यटकीयस्थलहरुसम्म ल्याउन पहल गर्नुपर्ने र यहाँका सुन्तलालगायत स्थानीय उत्पादनको बजारीकरण गर्न आवश्यक रहेको बताए। कोरोनाभाइरस महामारीपछि आन्तरिक पर्यटनले अर्थतन्त्र चलायमान बनाउन ठुलो सहयोग गरेको बताउँदै उनले गोरखामा पर्यटन क्षेत्रको ठूलो सम्भावना रहेको र आफूले यहाँको पुर्वाधार विकासका लागि सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

नेपाल एकीकरण गोरखाबाट सुरू भएर सफल भयो अब आर्थिक रूपमा पनि गोरखालाई महत्त्वपूर्ण जिल्लाको रूपमा बिकास गर्नुपर्ने समेत बताए। ‘अहिले मुलुकको प्रधानमन्त्री यही जिल्लाकै हुनुहुन्छ। महत्वपूर्ण र धेरै विकास बजेट भएको मन्त्रालयमा पनि यही जिल्लाकै उपप्रधान मन्त्री तथा भौतिक विकास मन्त्री हुनुहुन्छ। तपाई हामी सबै पहल गरौँ। नेपाल एकीकरणको सुरु गोरखा जिल्लाबाट भएजस्तै अब मुलुकको आर्थिक सम्मृद्धि र विकासको अभियान पनि यहीबाट सुरु गरौँ,’ उनले भने।

कोरोना महामारीपछि मुलुकको अर्थतन्त्रमा विभिन्न समस्याहरु देखिएको बताउँदै उनले व्यवसायीहरुलाई संयमित भएर व्यवसाय गर्न आग्रह गरेका छन्।  ‘कोरोना माहामारी सँगै मुलुकको अर्थतन्त्रमा धेरै समस्याहरू देखिएका थिए। हामी महासङ्घको नेतृत्व बैंकको ब्याजदर लगायत व्यवसायीहरुका समस्याको समाधानका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा विभिन्न पक्षसँग वार्ता र छलफल गरिरहेका छौँ। त्यसकै फलस्वरुप आंशिक रुपमा भएपनि व्यवसायीहरुका मागहरु सम्बोधन भएका छन्। हामी महासंघका तर्फबाट व्यवसायीका सबै माग सम्बोधन नभएसम्म निरन्तर पैरवी गरिरहनेछौं,’  उनले भने।

उनले ब्याजकै विषयलाई लिएर बैकका कर्मचारीमाथि कुटपिट गर्ने जस्ता गलत क्रियाकलापहरु सुरु भएको र यो काम अत्यन्त निन्दनीय रहेको बताए। उनले बैंकको ब्याजदर अर्थतन्त्रका धेरै पक्षहरुले निर्धारण गर्ने हुँदा कुनै एक बैंकको व्यवस्थापकलाई कुटपिट गर्दैमा यो समस्याको समाधान नहुने पनि बताए।

उनले महासंघको आगामी ५७औं अधिवेशनमा विभिन्न पदमा प्रत्यासी साथीहरुलाई सस्तो लोकप्रियताका लागि गैरजिम्मेवार र हुनै नसक्ने कुरा नगर्न आग्रह गरेका छन्।


प्रकाशित : आइतबार, चैत ५ २०७९०३:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend