बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

पाँच वर्षपछि अटो सञ्चालनको अनुमति

शनिबार, चैत ४ २०७९
पाँच वर्षपछि अटो सञ्चालनको अनुमति

सोलुखुम्बु- हिमाली जिल्ला सोलुखुम्बुमा यातयात सेवा प्रदान गर्दै आएको अटो रिक्सा (टेम्पो) सञ्चालनका लागि कानुनी प्रक्रिया पूरा भएको छ। अटो रिक्सा सञ्चालनका लागि पहिलो पटक शुक्रबार यातायात कार्यालय ओखलढुंगामा सोलुखुम्बु अटो प्रालि दर्ता भएसँगै जिल्लामा वैधानिक रुपमै अटो रिक्सा (टेम्पो सञ्चालनको मान्यता पाएको हो ।

 लामो समयको प्रयासपछि कम्पनी दर्ता भएसँगै २०७४ सालदेखि जिल्लामा अवैधानिक रुपमा सञ्चालित अटो रिक्सा वैधानिक रुपमा सञ्चालन गर्ने बाटो खुलेको अटो प्रालिका अध्यक्ष मौजन थुलुङले बताए। व्यावसायिक रुपमा अटो रिक्सा सञ्चालानका लागि कम्पनी दर्ता अनिवार्य भए पनि कानुनी झन्झटका कारण लामो समयदेखि जिल्लामा अटो कानुनी प्रक्रिया पूरा नगरी नै सञ्चालनमा थिए । 

 आफू अध्यक्षमा चयन भएसँगै अटो रिक्सालाई एकीकृृत गरी कानुनी दायरामा ल्याउन लागिपरेको अध्यक्ष थुलुङले बताए। लामो समयको मेहनत र प्रयासपश्चात् आफूहरुले वैधानिकता पाएको अध्यक्ष थुलुङको भनाइ छ। हाल जिल्लामा करिब ५० अटो रिक्सा सञ्चालनमा छन्। रासस


प्रकाशित : शनिबार, चैत ४ २०७९०९:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend