आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

सामाजिक सुरक्षा कोषद्वारा पौने ४ अर्ब दाबी भुक्तानी

images
शनिबार, चैत ४ २०७९
images
सामाजिक सुरक्षा कोषद्वारा पौने ४ अर्ब दाबी भुक्तानी

हालसम्म कोषले विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई  ३ अर्ब ७८ करोड रुपैयाँ भुक्तानी गरेको हो।

images
images

काठमाडौं- योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको सामाजिक सुरक्षा कोषले हालसम्म पौने ४ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको छ। हालसम्म कोषले विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई  ३ अर्ब ७८ करोड रुपैयाँ भुक्तानी गरेको हो। 

images
images
images

कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ। कोषले २०७६ देखि विभिन्न योजनाको दाबी भुक्तानी गर्दै आएको छ। 

images
images

कोषले औषधोपचार सुविधाबापत ४४ करोड ५९ लाख ९६ हजार, दुर्घटना तथा अशक्तता सुरक्षा सुविधाबापत  ५ करोड ४५ लाख १७ हजार, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत ६ करोड ४६ लाख ६३ हजार र वृद्धावस्था सुरक्षा योजनाबापत ३ अर्ब २१ करोड ६५ लाख ७१ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ। कोषले ६८ हजार ३६ योगदानकर्तालाई १ लाख ६  हजार ४ सय ५८ पटक विभिन्न शीर्षकमा दाबी भुक्तानी गरेको छ। 

images
images

 कोषमा हालसम्म ३ लाख ९९ हजार १ सय ९२ श्रमिक सूचीकृत भएका छन्। सबैभन्दा बढी बागमती प्रदेशबाट ३ लाख ७० हजार २९, कोसीबाट ३८ हजार ८सय ६८, मधेसबाट २१ हजार २सय ४१, गण्डकीबाट १५ हजार २ सय १७, लुम्बिनीबाट १४ हजार ८६, सुदूरपश्चिमबाट १ हजार ५ सय २६ र कर्णालीबाट १ हजार २ सय २५ श्रमिक कोषमा आबद्ध भएका छन्। 

 कोषमा १७ हजार ७ सय ३४ रोजगारदाता सूचीकृत छन्। हालसम्म ३० अर्ब ७९ करोड रुपैयाँ योगदान रकम संकलन भइसकेको छ। रासस


प्रकाशित : शनिबार, चैत ४ २०७९०९:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend