आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

चुरेबस्तीमा खानेपानी अभाव हुँदा समस्यामा स्थानीय

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ३ २०७९
images
चुरेबस्तीमा खानेपानी अभाव हुँदा समस्यामा स्थानीय

बेदकोट नगरपालिका-२ का वडाअध्यक्ष नरेशबहादुर सिंहले यहाँ खानेपानी योजना अन्तिम चरणमा रहेकाले नायँ वर्षदेखि धारामा पानी छोड्ने तयारीका साथ काम भइरहेको जानकारी दिए।

images
images

कञ्चनपुर- कञ्चनपुरको बेदको नगरपालिका-२ स्थित चुरे नजिकै रहेको बस्तीमा खानेपानी अभाव हुँदा स्थानीय समस्यामा परेका छन्। यहाँका स्थानीय धनबहादुर चौधरीले वर्षौंदेखि खानेपानीको समस्या झेलिरहेको बताए।

images
images
images

‘यहाँका खानेपानीको ट्यांकी बन्न लागेको चार/पाँच वर्ष भयो, अहिलेसम्म बन्न सकेको छैन’, उनले भने, ‘खानेपानी नहुँदा गाईवस्तु पाल्नसमेत मुस्किल परेको छ।’ उनले यहाँको मुक्तकमैया शिविरमा झन् समस्या परेको बताए।

images
images

खोलाबाट आएको दुई/तीनवटा धारा भए पनि त्यहाँ पानीका लागि घण्टौँ लाइन बस्नुपर्ने उनले बताए। ‘जेठ/असारसम्म यहाँ खानेपानीको हाहाकार नै हुन्छ’, उनले भने, ‘पानी अभावकै कारण यहाँको खेत पनि बाँझो छ।’

images
images

पानी भर्नका लागि यहाँ साँझबिहान घण्टौँ लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीय यशमती चौधरीले बताइन्। ‘पानीको अभावले खेतबारी सबै बाँझो छ। गाईवस्तु पाल्न सकेका छैनौँ’, उनले भनिन्, ‘खेत बाँझो छोडेर खाद्यान्न किन्न मजदुरी गर्नुपर्ने बाध्यता छ।’ उनले यहाँ मुक्तकमैया पुनःस्थापना भएदेखि नै खानेपानीको समस्या झेलिरहेको बताइन्।

पानीकै अभाव हुँदा आफ्नो खेतमा तरकारीसमेत फलाउन नसकेको स्थानीयवासी अनिता थारूले बताइन्। ‘हामीले तरकारीसमेत किनेर खानुपर्ने बाध्यता खानेपानी भइदिएको भए हामी आफ्नो खेतमा थोरै भए पनि उब्जनी गर्ने थियौँ’, उनले भनिन्, ‘नजिकै खानेपानीको ट्यांकी बनेको पनि वर्षौं भयो अहिलेसम्म पानी खान पाएका छैनौँ।’

बेदकोट नगरपालिका-२ का वडाअध्यक्ष नरेशबहादुर सिंहले यहाँ खानेपानी योजना अन्तिम चरणमा रहेकाले नायँ वर्षदेखि धारामा पानी छोड्ने तयारीका साथ काम भइरहेको बताए। ‘यहाँ बहुवर्षीया खानेपानी आयोजना भएकाले जति बजेट आयो त्यति मात्रै काम हुन्छ’, अध्यक्ष सिंहले भने, ‘बजेटअनुसार उपभोक्ता समितिले काम गर्ने भएकाले केही समय लागेको हो।’

उनले संघीय सरकारको बहुवर्षे खानेपानी आयोजनाअन्तर्गत यहाँ १० करोड रूपैयाँ लागतमा खानेपानी योजना सम्पन्न हुन लागेको बताए। ‘अहिले पाइप बिछ्याउने काम अन्तिम चरणमा छ, नयाँ वर्षदेखि उपभोक्ताले खानेपानी पाउँछन्’, उनले भने, ‘यो योजना बनेपछि यहाँ रहेको खानेपानीको समस्या समाधान हुन्छ।’ रासस 


प्रकाशित : शुक्रबार, चैत ३ २०७९१०:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend