आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

गोदावरी राष्ट्रिय वनस्पति उद्यानको आम्दानी बढ्यो, ११ महिनामा एक करोड ७९ लाख संकलन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ३ २०७९
images
गोदावरी राष्ट्रिय वनस्पति उद्यानको आम्दानी बढ्यो, ११ महिनामा एक करोड ७९ लाख संकलन

कोरोना महामारीका कारण लगातार दुई वर्ष आम्दानी घटे पनि यो वर्ष भने आम्दानी बढेको हो। 

images
images

ललितपुर- गोदावरी राष्ट्रिय वनस्पति उद्यानको आम्दानी बढेको छ। कोरोना महामारीका कारण लगातार दुई वर्ष आम्दानी घटे पनि यो वर्ष भने आम्दानी बढेको हो। 

images
images
images

उद्यानका सूचना अधिकारी गौरव परमारले यो वर्ष यहाँ घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको संख्या बढेसँगै आम्दानी पनि बढेको बताए। उनका अनुसार यो वर्ष वैशाखदेखि फागुनसम्म टिकट बिक्रीबाट मात्रै एक करोड ७९ लाख ९१ हजार पाँचसय ४० रूपैयाँ आम्दानी भएको छ। ‘कोरोना महामारीको समयमा २०७७ र २०७८ सालमा जम्मा ७८ लाख ३६ हजार ७ सय ५८ रूपैयाँ आम्दानी भएको थियो’, उनले भने, ‘यस वर्ष भने राम्रो आम्दानी भएको छ।’ 

images
images

उद्यान घुम्नका लागि ११ महिनामा तीन लाख २८ हजार नौसय ६० जना आन्तरिक पर्यटक र एक हजार आठसय २१ जना विदेशी पर्यटक यहाँ आएको उनले जानकारी दिए। उद्यानमा प्रत्येक वर्ष औसतमा चार लाखभन्दा बढी विद्यार्थी उद्यान भ्रमणका लागि आउने गरेको उनको भनाइ छ। 

images
images

विसंं २०१९ कात्तिक १२ मा राजा महेन्द्रले उद्घाटन गरेको शाही वनस्पति उद्यानको नाम परिवर्तन गरी विसं २०६३ असार १९ मा राष्ट्रिय वनस्पति उद्यान बनाइएको थियो। उद्यान भ्रमणमा आउनेहरुको सुविधाका लागि खाजा घर, विद्युतीय सवारीबाट अवलोकनको व्यवस्था गरिएको छ।

साथै आन्तुकले यहाँ विभिन्न प्रजातिका बिरूवा खरिद गर्न पनि सक्छन्। उद्यानमा सामान्यतया विद्यार्थीहरु शैक्षिक भ्रमणमा आउने गरेका छन् भने वनस्पति अनुसन्धानकर्ताका लागि पनि यो गन्तव्य बन्दै आएको छ। रासस 


प्रकाशित : शुक्रबार, चैत ३ २०७९०९:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend