आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

नेप्सेमा धर्ना दिन पुगेका तीनजना लगानीकर्ता पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ३ २०७९
images
नेप्सेमा धर्ना दिन पुगेका तीनजना लगानीकर्ता पक्राउ

लगानीकर्ता तिलक कोइराला, नयन बाँस्तोला र अर्जुन कोइरालालाई पक्राउ गरिएको छ।

images
images

काठमाडौं- भद्रकालीस्थित नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यालयमा धर्ना दिन पुगेका तीनजना लगानीकर्तालाई प्रहरीले पक्राउ गरेको छ। 

images
images
images

लगानीकर्ता तिलक कोइराला, नयन बाँस्तोला र अर्जुन कोइराला पक्राउ परेका हुन्। निषेधित क्षेत्रमा धर्ना बसेपछि नियन्त्रणमा लिएर प्रहरी वृत्त अनामनगर लगिएको प्रहरी वृत्त अनामनगरका प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले जानकारी दिए।

images
images

पुँजीबजार सुधारका लागि नेपाल राष्ट्र बैंकका तत्कालीन डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको सुझाव प्रतिवेदन कार्यान्वयनको माग राख्दै लगानीकर्ताहरु आज बिहान नेप्से कार्यालय घेराउ गर्न पुगेका थिए।  

images
images

पुँजीबजारसम्बन्धी सुझाव प्रतिवेदन कार्यान्वयनको माग लिएर लगानीकर्ता नेप्सेको कार्यालयमा भेला भएका थिए। कार्यालय पुगेका लगानीकर्तालाई नेप्सेका कम्पनी सचिव मुराहरी पराजुलीले छलफलमा बस्न भने पनि लगानीकर्ताले अध्यक्षसँग बाहेक अरुसँग कुरा नगर्ने भन्दै धर्ना दिएर बसेका थिए।

कोइरालाले पुँजीबजार सुधारका लागि सुझाव प्रतिवेदन कार्यान्वयनको माग राखेको बताए। ‘हाम्रो माग ५८ बुँदे सुझाव प्रतिवेदन कार्यान्वयन होस् भन्ने हो। पटक-पटक आग्रह गर्दा पनि कार्यान्वयन नभएपछि उक्त प्रतिवेदनका सबै सुझाव अक्षरसः पालना हुनुपर्छ भनेर दबाब दिन भेला भएका हौँ’, उनले भने।

पुँजीबजार सुधारका लागि करिब पाँच वर्ष अघि तयार पारिएको ‘मुद्रा तथा पुँजीबजारमा देखिएका प्रवृत्तिको समग्र मूल्यांकन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि स्रोत व्यवस्थापनसम्बन्धी सुझाव समितिको प्रतिवेदन, २०७५’ का सुझाव पालना हुनुपर्ने लगानीकर्ताको माग छ।


प्रकाशित : शुक्रबार, चैत ३ २०७९०७:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend