आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

नक्कली नोटको कारोबारमा संलग्न दुईजना पक्राउ  

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ३ २०७९
images
नक्कली नोटको कारोबारमा संलग्न दुईजना पक्राउ  

नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ परेका छन्। 

images
images

काठमाडौं- नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ परेका छन्। 

images
images
images

काठमाडौंको माकलबारी बस्ने रामेछापका ३४ वर्षीय छिरिङ लामा र सतुंगल बस्ने दोलखाका २४ वर्षीय सुरेन्द्र कार्कीलाई बुधबार साँझ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। 

images
images

काठमाडौं कालोपुल क्षेत्रमा विभिन्न व्यक्तिहरूले नेपाली खोटा मुद्रा चलन चल्तीमा ल्याउन लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। १ हजार दरको नक्कली नोट ६ सय ३६ थान र नोटको साईजमा काटेको कागजको बण्डल ९ थानसहित उनीहरुलाई कालोपुलबाट पक्राउ गरेको हो ।  

images
images

उनीहरूलाई थप अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।  


प्रकाशित : शुक्रबार, चैत ३ २०७९०६:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend