मंगलबार, माघ २९ गते २०८१    
मंगलबार, माघ २९ २०८१
images
images

वार्षिक ५ सय बिक्री हुने इकोस्पोर्टको बजार कसले लेला?

images
मंगलबार, कात्तिक ९ २०७८
images
images
वार्षिक ५ सय बिक्री हुने इकोस्पोर्टको बजार कसले लेला?

इकोस्पोर्टको वार्षिक ५ सय वटाको बिक्री संख्या अब कसले लिन्छ भन्ने राेचक प्रश्न उठेको छ। हाल नेपाली बजारमा विभिन्न ब्रान्डका कम्प्याक्ट एसयूभी बिक्री भइरहेको छन्।

images
images

काठमाडौं- संसारभर क्रसओभर एसयूयीको उत्पादन तथा बिक्री उल्लेख्य रुपमा बढीरहेको छ। आयातगरि सवारी बिक्री गर्दै आएको र धेरै अफरोड बाटो भएको नेपालमा पनि यस्ता कारको बिक्री उल्लेख्य बढेको छ। 

images
images
images

फोर्ड इकोस्पोर्ट जब नेपाल भित्रियो कार बजारमा नयाँ मानक नै स्थापित गर्‍याे। कम्प्याक्ट एसयूभी सव फोर मिटरमा नेपाल भित्रने सम्भवतः फोर्ड इकोस्पोट नै पहिलो कार हो। त्यसयता कयौं ब्रान्डका दर्जनभन्दा बढी यही सेगमेन्टका कार आइरहेका छन्। 

images
images

इकोस्पोर्टले नेपाल आएसँगै बिक्री संख्यामा आफ्नो पदचाप बिराएको थिएन। तर जब भारतबाट अमेरिकी कार उत्पादक कम्पनी फोर्ड मोटर्सले बाहिरिने निर्णय गरेपछि भने इकोस्पोर्टको नेपाल यात्रामा पूर्णबिराम लागेको छ। 

images
images
images

इकोस्पोर्ट नेपाली बजारमा वार्षिक औषतमा ५ सय वटा बिक्री हुँदै आएको छ। २०१३/१४ देखि २०२१ को ४ महिनासम्ममा नेपाली बजारमा ४ हजार ९ सय ९७ वटा इकोस्पोर्ट बिक्री भएका छन्। 

२०१३/१४ मा नेपाली बजारमा ३ सय ८३ वटा इकोस्पोर्ट बिक्री भएको थियो। बजारमा आएको पहिलो वर्ष नै यो संख्यामा बिक्री हुनुले इकोस्पोर्टको लोकप्रियता चुल्याएको थियो। 

तर इकोस्पोर्टको वार्षिक ५ सय वटाको बिक्री संख्या अब कसले लिन्छ भन्ने राेचक प्रश्न उठेको छ। हाल नेपाली बजारमा विभिन्न ब्रान्डका कम्प्याक्ट एसयूभी बिक्री भइरहेको छन्।

यी हुन् इकोस्पोर्टको बजार लिनसक्ने कार

मारुती सुजुकी भिटारा ब्रेजा (सुरुवाती मूल्य ४१ लाख ९९ हजार)

टाटा नेक्सन (सुरुवाती मूल्य ३९ लाख ९५ हजार) 

रेनो डस्टर (सुरुवाती मूल्य ४६ लाख ९९ हजार) 

हुन्डाई भेन्यू (सुरुवाती मूल्य ३६ लाख ९६ हजार)

रेनो काइगर (हाइइन्डि ३८ लाख १ हजार)

निसान म्याग्नाइट (टर्बो हाइइन्डि ४४ लाख ६९ हजार) 

मूल्यको तुलनामा उल्लेखित मोडलका बेस तथा हाइइन्डि भेरियन्टले इकोस्पोर्टको बजार लिने सम्भावना अत्याधिक छ। त्यसका लागि आधिकारिक बिक्रेता कम्पनीहरूले आक्रामक योजना ल्याउने छन्। 

फोर्ड इकोस्पोर्ट नेपाली बजारमा सुरुमा ९ सय सीसी इन्जिन क्षमतामा आएकोमा पछिल्लो समय पावरफुल इन्जिन १४ सय ९८ सीसी इन्जिन क्षमतामा उपलब्ध हुँदै आएको छ।  

नेपाली बजारमा ३६ लाख ९० हजारदेखि ५५ लाख ९९ हजार रुपैयाँसम्म पर्ने इकोस्पोर्टले सौख र आवश्यकतालाई सँगै सम्बोधन गरेकाले साच्चैको रोजा भइरहेको थियो। 

हाल नेपाली बजारमा कम इन्जिन क्षमताका सुविधायुक्त कार उपलब्ध भएकाले मूल्यमा धेरै प्रतिस्पर्धा हुने देखिन्छ। निसानको म्याग्नाइटको हाइइन्डिले पनि इकोस्पोर्टको उपभोक्ता आकर्षित गर्न सक्छ। रेनो काइगरको हाइइन्डि र डस्टरको सुरुवाती मूल्यको भेरियन्ट समेत इकोस्पोर्ट खरिद गर्ने उपभोक्ताको रोजाइमा पर्न सक्छ। 

टाटाको नेक्स पछिल्लो पटक भारतसँगै नेपाली बजारमा समेत जबरजस्त उपस्थिति बलियो हुँदै गएको छ। मारुती सुजुकीको भिटारा ब्रेजा र हुन्डाईको भेन्यूले पनि इकोस्पोर्टको बजार लिनसक्ने अनुमान व्यवसायीहरूले गरेका छन्। 

इकोस्पोर्ट उपभोक्ताले मन पराउनुका मुख्य कारणहरूमा अमेरिकी ब्रान्डको कार, फिनिसिङ, देख्दा आकर्षक, एसयूभी सेगमेन्टमा तुलनात्मक रूपमा उपयुक्त मूल्यमा पाइनेलगायत छन्। उपभोक्ताले अन्य ब्रान्डका कारमा यो ‘कम्बो’ विशेषता नपाउन सक्छन्। 

यसको परिणाम जुन ब्रान्डको कारमा धेरै विशेषता छ र मूल्य अनुकुल हुन्छ त्यस्ताकाले धेरै बजार हिस्सा लिन सक्छन्। कम्प्याक्ट एसयूभी सेगमेन्टमा बजार हिस्सा बढाउन कम्पनीहरूले आकर्षक योजनाहरू समेत ल्याउन सक्छन्। 

टाढियो एउटा उम्दा कार : नेपालमा आउने छैन इकोस्पोर्ट


प्रकाशित : मंगलबार, कात्तिक ९ २०७८०५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend