आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

दुई करोड लगानीमा तनहुँमा ‘औद्योगिक ग्राम’ बनाउन सुरु

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत २ २०७९
images
दुई करोड लगानीमा तनहुँमा ‘औद्योगिक ग्राम’ बनाउन सुरु

परम्परागत बाँसजन्य सामग्री निर्माण तथा आरन पेसालाई आधुनिकीकरण गर्न तालिम प्रदान गरी तालिमपश्चात् व्यावसायिक बनाउने लक्ष्य रहेको बताइएको छ।

images
images

तनहुँ- गण्डकी प्रदेश र आँबुखैरेनी गाउँपालिकाको लगानीमा वडा नं २ मार्कीचोकमा ‘औद्योगिक ग्राम’ निर्माण गर्न लागिएको छ।

images
images
images

प्रदेशको १ करोड ४० लाख र गाउँपालिकाको ६० लाख रुपैयाँ बजेट विनियोजन गरी औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो। 

images
images

घरेलु उद्योगलाई आधुनिक प्रविधिमैत्री बनाउने उद्देश्यले औद्योगिक ग्राम सञ्चालन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए।

images
images

स्थानीयवासी चेपाङ र भुजेलले उत्पादन गर्ने परम्परागत बाँसजन्य सामग्री निर्माण तथा आरन पेसालाई आधुनिकीकरण गर्न तालिम प्रदान गरी तालिमपश्चात् व्यावसायिक बनाउने लक्ष्य रहेको बताइएको छ।

गाउँपालिका मातहत रहेका छवटै वडाका गरी करिब ६० जनालाई समेटेर सुरुमा तालिम प्रदान गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ। स्थानीयस्तरमा रहेका स्रोत र साधन परिचालन गरी रोजगार सिर्जना गरी आर्थिक क्षेत्रमा सबल बनाउने गाउँपालिकाले लक्ष्य लिएको छ। रासस


प्रकाशित : बिहीबार , चैत २ २०७९१२:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend