बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

शुक्रबारदेखि टाटा मोटर्सका शोरूममा 'ह्याप्पीनेस विक एन्ड एक्सचेन्ज क्याम्प' हुँदै

जुनसुकै ब्रान्डको पेट्रोलियम कार ल्याएर विद्युतीय कार लान सकिने

बिहीबार , चैत २ २०७९
शुक्रबारदेखि टाटा मोटर्सका शोरूममा 'ह्याप्पीनेस विक एन्ड एक्सचेन्ज क्याम्प' हुँदै

टाटा मोटर्सको शोरुममा आइ ह्याप्पीनेस मेनुको बारेमा जानकारी लिइ उक्त मेनुमा भएका अफरहरुको लाभ उठाउन उपभोक्तालाई आग्रह गरेको छ। 

काठमाडौं- गत साता आयोजित एक्सचेन्ज क्याम्पको उत्साहजनक प्रतिक्रियाबाट यही चैत्र ३ देखि ५ गते काठमाडौंस्थित सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरुमहरुमा 'ह्याप्पीनेस विक एन्ड' विशेष एक्सचेन्ज क्याम्प सञ्चालन हुँने भएको छ।

शुक्रबार, शनिबार र आइतबार गरी तीन दिन विशेष एक्सचेन्ज क्याम्प सञ्चालन गरिएको हुँदा सबै ग्राहकवर्गहरुमा आमन्त्रण गरिएको छ। टाटा मोटर्सको शोरुममा आइ ह्याप्पीनेस मेनुको बारेमा जानकारी लिइ उक्त मेनुमा भएका अफरहरुको लाभ उठाउन उपभोक्तालाई आग्रह गरेको छ। 

एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनी अथवा ब्राण्डको गाडी ल्याए पनि टाटा मोटर्सका सर्वाधिक रुचाइएका नयाँ २०२३ मोडेलका नेक्सन ईभी र टिगोर ईभीसँग साट्न सकिने व्यवस्था गरिएको छ। उक्त व्यवस्थालाई अझ सहज बनाउने उदेश्यले शोरुममा बैंकिङ सुविधा, ईन्स्योरेन्स सुविधाका साथै गाडी मूल्यांकन गर्न विभिन्न दक्ष मूल्यांकनकर्ताहरुको पनि सहभागिता हुनेछ।

टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्याधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको छ।

चलिरहेको बजारको मूल्यभन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, ईन्स्योरेन्सको सुविधा, र साथै हरेक गाडी हस्तान्तरणमा नि:शुल्क गाडीका लागि उपयुक्त पार्टपुर्जा पनि पाइनेछ। 


प्रकाशित : बिहीबार , चैत २ २०७९१२:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend