आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

एमसीसीअन्तर्गत विद्युत प्रसारण लाइनका लागि तीन जिल्लामा जग्गा नापनक्सा सुरू, कहाँ कहाँ लिइँदैछ जग्गा?

images
बिहीबार , चैत २ २०७९
images
एमसीसीअन्तर्गत विद्युत प्रसारण लाइनका लागि तीन जिल्लामा जग्गा नापनक्सा सुरू, कहाँ कहाँ लिइँदैछ जग्गा?

अहिले तीनै जिल्लामा विद्युत् प्रसारण लाइनका लागि जग्गा लिने प्रक्रिया सुरू गरिएको हो। जग्गाप्राप्तिपछि निर्माणको काम सुरू हुनेछ।

images
images

काठमाडौं- अमेरिकी सहायता परियोजना एमसीसी मातहतको आयोजना अन्तर्गत विद्युत प्रसारण लाइनको मार्गमा पर्ने जग्गाको नापनक्साको काम सुरु भएको छ। 

images
images
images

एमसीए नेपालले धादिङ, तनहुँ र पाल्पामा निर्माण गरिने विद्युत् प्रसारण लाइनको मार्गमा पर्ने जग्गाको नापनक्सा लिने काम सुरु गरेको जनाएको छ। ४ सय केभि दोहोरो सर्किटयुक्त विद्युत् प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्ति ऐन, २०३४ अनुसार जग्गा अधिग्रहणको प्रारम्भिक कारबाहीअन्तर्गत नापनक्सा थालिएको एमसीए नेपालले जनाएको छ। 

images
images

धादिङ, पाल्पा र तनहुँ तीनै जिल्लाका विभिन्न स्थानीय तहमा आयोजनाका लागि आवश्यक पर्ने जग्गाको नाप जाँच गर्ने, सर्वेक्षण गर्न, साँध छुट्याउन, किला गाड्न प्राविधिक टोली खटिने एमसीए नेपालले जनाएको छ।

images
images

तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको प्रथम बैठकबाट प्रारम्भिक कारबाही चलाइ जग्गाप्राप्तिको काम अगाडि बढाउने निर्णय यसअघि नै गरिसकेको हो। 

अहिले तीनै जिल्लामा विद्युत् प्रसारण लाइनका लागि जग्गा लिने प्रक्रिया सुरू गरिएको हो। जग्गाप्राप्तिपछि निर्माणको काम सुरू हुनेछ।

कहाँ कहाँ लिइँदै छ जग्गा?

1111_jQAVttCbSL.webp

1111_jQAVttCbSL.webp

1111_jQAVttCbSL.webp


प्रकाशित : बिहीबार , चैत २ २०७९०९:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend