आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

दूधको मूल्य कुन ठाउँमा कति बढ्यो?

images
बिहीबार , चैत २ २०७९
images
दूधको मूल्य कुन ठाउँमा कति बढ्यो?

काठमाडौं, विराटनगर, हेटौँडा, जनकपुर क्षेत्रमा प्रतिलिटर ९७ रूपैयाँ मूल्य कायम गरिएको छ। 

images
images

काठमाडौं- डीडीसी दूधको मूल्य प्रतिलिटर ११ रूपैयाँले बढेको छ। 

images
images
images

सरकारले दूधको किसान मूल्य बढाएसँगै सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले बिहीबारदेखि लागु हुनेगरी दूधको उपभोक्ता मूल्य प्रतिलिटर ११ रूपैयाँले बढाउने निर्णय गरेको हो। 

images
images

मूल्यवृद्धि भएसँगै यसअघि प्रतिलिटर ८६ रूपैयाँ पर्ने डीडीसी दूध अब प्रतिलिटर ९७ पुगेको छ। यसअघि प्रतिप्याकेट ४३ रूपैयाँमा बिक्री गर्दै आएको डीडीसी प्याकेट दूधको मूल्य अब प्रतिप्याकेट ४८ रुपैयाँ ५० पैसा पुगेको छ।

images
images

कुन क्षेत्रमा कति छ मूल्य?

काठमाडौं, विराटनगर, हेटौँडा, जनकपुर क्षेत्रमा प्रतिलिटर ९७ रूपैयाँ मूल्य कायम गरिएको छ। 

यस्तै बुटवल क्षेत्रमा प्रतिलिट ९४, नेपालगञ्ज र धनगढीमा प्रतिलिटर ९२ रूपैयाँ कायम गरिएको डीडीसीले जनाएको छ। 

गएको फागुन १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले दूधको किसान मूल्य प्रतिलिटर ९ रूपैयाँले बढाउने निर्णय गरेको थियो। ३ प्रतिशत फ्याट ८ एसएनएफयुक्त दूधको किसान मूल्य ५६ रुपैयाँबाट बढाएर सरकारले ६५ रुपैयाँ पुर्‍याएको हो। 

milk-.jpg


प्रकाशित : बिहीबार , चैत २ २०७९०५:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend