आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

प्रतिलिटर ११ रूपैयाँले बढ्यो डीडीसी दूधको मूल्य 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १ २०७९
images
प्रतिलिटर ११ रूपैयाँले बढ्यो डीडीसी दूधको मूल्य 

मूल्यवृद्धि भएसँगै यसअघि प्रतिलिटर ८६ रूपैयाँ पर्ने डीडीसी दूध अब प्रतिलिटर ९७ पुगेको छ। 

images
images

काठमाडौं- डीडीसी दूधको मूल्य प्रतिलिटर ११ रूपैयाँले बढेको छ। 

images
images
images

सरकारले दूधको किसान मूल्य बढाएसँगै सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले बिहीबारदेखि लागु हुनेगरी दूधको उपभोक्ता मूल्य प्रतिलिटर ११ रूपैयाँले बढाउने निर्णय गरेको हो। 

images
images

मूल्यवृद्धि भएसँगै यसअघि प्रतिलिटर ८६ रूपैयाँ पर्ने डीडीसी दूध अब प्रतिलिटर ९७ पुगेको छ। 

images
images

गएको फागुन १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले दूधको किसान मूल्य प्रतिलिटर ९ रूपैयाँले बढाउने निर्णय गरेको थियो। ३ प्रतिशत फ्याट ८ एसएनएफयुक्त दूधको किसान मूल्य ५६ रुपैयाँबाट बढाएर सरकारले ६५ रुपैयाँ पुर्‍याएको हो। 


प्रकाशित : बुधबार, चैत १ २०७९१२:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend