आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

नागढुंगा-मुग्लिन सडक विस्तारका लागि १२१ घरटहरा हटाउन सरकारले दियो स्वीकृति

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १ २०७९
images
नागढुंगा-मुग्लिन सडक विस्तारका लागि १२१ घरटहरा हटाउन सरकारले दियो स्वीकृति

नागढुंगा-नौबिसे--मुग्लिन सडकलाई विस्तार गरेर चार लेनको बनाउन सडक विभागले यसअघि नै ठेक्का सम्झौता गरिसकेको छ। ११ अर्ब ४४ करोड ६२ लाख रुपैयाँमा कुल ठेक्का सम्झौता भएको छ। 

images
images

काठमाडौं- सरकारले नागढुंगा-नौबिसे-मुग्लिन सडक विस्तारका लागि सीमा खाली गर्न घर टहरा हटाउन स्वीकृति दिने निर्णय गरेको छ। सडक निर्माण हुने सीमाभित्र पर्ने १२१ वटा घर टहरा क्षतिपूर्ति दिएर हटाउन स्वीकृति दिइएको हो। 

images
images
images

यो सडकलाई विस्तार गरेर चार लेनको बनाउन सडक विभागले यसअघि नै ठेक्का सम्झौता गरिसकेको छ। ठेक्का सम्झौता भएर काम सुरू हुने समयमा सरकारले बल्ल घर टहरा हटाउने निर्णय गरेको हो।

images
images

९५ किलोमिटर दुरी रहेको यो सडकखण्ड विस्तारका लागि सडक विभागले यसअघि नै तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिसकेको छ। ११ अर्ब ४४ करोड ६२ लाख रुपैयाँमा कुल ठेक्का सम्झौता भएको छ। 

images
images

यो सबै काम सकिँदा सडकको बजार क्षेत्र चार लेनको हुनेछ भने अन्य क्षेत्रमा दुई लेन हुनेछ। यो सडक निर्माण भएपछि काठमाडौं भित्रिने र बाहिरिने सडक ट्राफिक सहज हुने छ। यसअघि नागढुंगा-पोखरा सडक चिनियाँ सहायतामा निर्माण भएको थियो। अहिले नेपाल सरकारले विस्तार गर्न लागेको हो। 


प्रकाशित : बुधबार, चैत १ २०७९११:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend