आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

विश्व पर्यटन परिषद्को क्षेत्रीय वर्कसप काठमाडौंमा सुरू

विश्वभरका पर्यटकलाई नेपाल सुरक्षित गन्तव्य भएकाले घुम्न आउन पर्यटन मन्त्री किराँतीको आग्रह 

images
बुधबार, चैत १ २०७९
images
विश्व पर्यटन परिषद्को क्षेत्रीय वर्कसप काठमाडौंमा सुरू

परिषद्काे क्षेश्रीय वर्कसपकाे उद्घाटन गर्दै  मन्त्री किराँतीले सरकार र निजी क्षेत्रकाे सहकार्यमा नेपालकाे पर्यटन अगाडि बढेकाे समेत बताए। 

images
images

काठमाडौं- कोभिड प्रभाव कम भएसँगै नेपालकाे पर्यटनमा पनि सकारात्मक प्रभाव पर्न थालेको संस्कृति पर्यटनको तथा नागरिक उड्डयनमन्त्री सुदन किराँततीले बताएका छन्।

images
images
images

विश्व पर्यटन परिषद्को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री किराँतीले विश्वभरका पर्यटकलाई नेपाल घुम्न आउन आग्रह गरेका छन्। उनले नेपालमा पर्यटन पूर्वाधार निर्माणले समेत गति लिइरहेको तथा नेपाल विश्वको पर्यटकका लागि सुरक्षित गन्तव्य भएको समेत बताए। 

images
images

नेपालको पर्यटन उद्योगको विकास र विस्तारमा एकीकृत पर्यटन पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ। मन्त्री किराँतीले नेपालमा संख्यात्मक र गुणात्मक पर्यटक बढाउन सरकारले सबै प्रकारको सहयोग गर्नेसमेत बताए। 

images
images

कोभिडको प्रभाव कम हुँदै जादा विश्वभर घुम्न निस्कने ट्रेन्ड बढ्दै गएकाेले नेपालमा पनि सकारात्मक  प्रभाव पर्ने देखिएकाले पर्यटक आगमन वृद्धिको अपेक्षा गरेका छन्। 

परिषद्को क्षेश्रीय वर्कसपको उद्घाटन गर्दै  मन्त्री किराँतीले सरकार र निजी क्षेत्रको सहकार्यमा नेपालको पर्यटन अगाडि बढेको समेत बताए। 

विश्वमान चित्रमा नेपालको पर्यटन फरक खालका भएकोले आगामी दिनमा नेपालको पर्यटन विकासले गति लिने दावीसमेत मन्त्री किराँतीले गरेका छन्। 

तीन दिनसम्म काठमाडौंमा हुने वर्कसपमा यूनएनडब्लूटीओका प्रतिनिधि, माल्दिभ्श, कम्बोडिया, इन्डोनेसियालगायत देशका पर्यटन सम्बद्व संस्थाका प्रतिनिधिले भाग लिएका छन्। प्रतिनिधिहरुले एसिया प्रशान्त पर्यटन क्षेत्रको विकासका विषयमा छलफल गर्ने छन्।


प्रकाशित : बुधबार, चैत १ २०७९०४:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend