आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images
एफएनसीसीआई निर्वाचन

अञ्जन श्रेष्ठले गरे वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा

images
मंगलबार, फागुन ३० २०७९
images
अञ्जन श्रेष्ठले गरे वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा

वरिष्ठ उपाध्यक्ष बनेर नयाँ समयअनुरुपको नेतृत्व दिने बताउँदै आएका श्रेष्ठले मंगलबार औपचारिक रुपमा उम्मेद्‍वारी घोषणा गरेका हुन्। 

images
images

काठमाडौं- उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि अञ्जन श्रेष्ठले उम्मेद्‍वारी घोषणा गरेका छन्। 

images
images
images

चैत २८, २९ र ३० गते काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघको ५७औं साधारणसभा हुँदैछ। जसमार्फत वरिष्ठ उपाध्यक्ष बनेर नयाँ समयअनुरुपको स्मार्ट नेतृत्व दिने बताउँदै आएका श्रेष्ठले मंगलबार औपचारिक रुपमा उम्मेद्‍वारी घोषणा गरेका हुन्। 

images
images

'चेम्बर मुभमेन्ट मा २० वर्ष योगदान गरेको छु, श्रम ऐन बनाउन योगदान गरेको छु, श्रम सम्बन्ध राम्रो बनाउन योगदान गरेँ। उद्योग समिति
वाणिज्य समिति, राजस्व समितिमा बसेर काम गरेँ। महासंघमा ती महत्वपूर्ण समिति मानिन्छन्। ती समितिमा काम गर्नु भनेको नेतृत्वका लागि तयार हुनु हो' उम्मेद्‍वारी घोषणा गर्दै उनले भने। 

images
images

'४५ सालदेखि पारिवारिक व्यवसायबाट काम सुरु गरेको हुँ। सुजल फुड्सलाई सानो उद्योगबाट नेपालकै ठूलो कन्फेक्स्नरी बनाउने काममा योगदान गरेँ। त्यस्तै डेरी उद्योगको माध्यमबाट सहरबाट ग्रामीण अर्थतन्त्रमा नगद प्रवाहमा काम गरेँ। अहिले पनि जिल्ला जिल्लामा पुगेको छु। व्यवसायीको समस्या नजिकबाट नियालेको छु' उनले भने। 

स्मार्ट युगमा स्मार्ट नेतृत्व दिनका लागि म सबैतिरबाट योग्य छु : अञ्जन श्रेष्ठ [अन्तर्वार्ता]  स्मार्ट युगमा स्मार्ट नेतृत्व दिनका लागि म सबैतिरबाट योग्य छु : अञ्जन श्रेष्ठ [अन्तर्वार्ता] 


प्रकाशित : मंगलबार, फागुन ३० २०७९१३:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend