आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

चर्को ब्याजदर भएको भन्दै आन्दोलनरत उद्योगी व्यवसायीको आन्दोलन फिर्ता

images
मंगलबार, फागुन ३० २०७९
images
चर्को ब्याजदर भएको भन्दै आन्दोलनरत उद्योगी व्यवसायीको आन्दोलन फिर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलपछि व्यवसायीले आन्दोलन फिर्ता लिएका हुन्।

images
images

काठमाडौं- चर्को ब्याजदरकाविरुद्ध आन्दोलनरत व्यवसायीले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन्। बैंक तथा वित्तीय समस्या संघर्ष समिति बनाएर पछिल्लो समय विरोधमा रहेका व्यवसायीले मंगलबार प्रधानमन्त्रीसँगको भेटपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन्।
      
मंगलबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलपछि व्यवसायीले आन्दोलन फिर्ता लिएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिएका छन्। अहिलेको समस्यालाई सरकारले गम्भीरताका साथ लिएको र समाधानका लागि पहल गर्ने आश्वासन प्रधानमन्त्रीबाट आएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको श्रेष्ठले बताए।

images
images
images

'बजारमा देखिएका समस्या र हामीले उठाएका मागबारे प्रधानमन्त्री आफैँ जानकार हुनुहुन्छ। ती विषयलाई गम्भीरतापूर्वक लिएको र ब्याजदर घटाउनका लागि सरकारले पहल गर्ने प्रधानमन्त्रीको आश्वासनपछि हामीले सबै विरोधका कार्यक्रम आजैदेखि फिर्ता लिएका छौँ', श्रेष्ठले भने।

images
images

बैंक तथा वित्तीय संस्थामा चर्को ब्याजदरका कारण व्यवसाय गर्न कठिन भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल व्यापार संघ, नाडा अटोमोबाइल्स एसोसिएसनलगायत निजी क्षेत्रका छाता संगठनमा आबद्ध व्यवसायी आन्दोलित थिए। उनीहरू सोमबारदेखि नेपाल राष्ट्र बैंकमा धर्ना बसेका थिए।

images
images


प्रकाशित : मंगलबार, फागुन ३० २०७९१३:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend