बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

टाटा मोटर्सको 'इलेक्ट्रिफाइङ एक्सचेन्ज क्याम्प'मा उत्साहजनक सहभागिता, पुन: क्याम्प सञ्चालन हुने

मंगलबार, फागुन ३० २०७९
टाटा मोटर्सको 'इलेक्ट्रिफाइङ एक्सचेन्ज क्याम्प'मा उत्साहजनक सहभागिता, पुन: क्याम्प सञ्चालन हुने

काठमाडौंमा शुक्रबार, शनिबार र आइतबार गरेर लगातार ३ दिनमा करिब २०० गाडीहरुको मूल्यांकन गरिएको कम्पनीले जनाएको छ।

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले सञ्चालन गरेको इलेक्ट्रिफाइङ एक्सचेन्ज क्याम्पमा उत्साहजनक सहभागिता देखिएको छ। फागुन २६ देखि २८ गतेसम्म सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरुमहरु एक्सचेन्ज क्उम्प आयोजना गरिएको थियो।  

टाटा मोटर्सका ग्राहकहरु तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्याधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारी संग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको थियो। 

काठमाडौंमा शुक्रबार, शनिबार र आइतबार गरेर लगातार ३ दिनमा करिब २०० गाडीहरुको मूल्यांकन गरिएको कम्पनीले जनाएको छ। क्याम्पमा सहभागी ग्राहकहरुका अनुसार चलिरहेको बजारको मूल्यभन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधा पनि भएका कारण क्याम्पमा सहभागिता उत्साहजनक थियो। एक्सचेन्ज सुविधासँगै विद्युतीय गाडी सम्बन्धित विस्तृत जानकारी दिँदै काठमाडौं भित्रको विभिन्न बाटोमा टेस्ट ड्राइभ पनि गरिएको सिप्रदीले जनाएको छ। 

यही उत्साहलाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा सहभागी हुन नसकेका ग्राहकहरुका लागि यो साता पनि निरन्तरता दिन अझै विशेष एक्सचेन्ज क्याम्प सञ्चालन गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ। उक्त विशेष एक्सचेन्ज क्याम्पमा सरल फाइनान्सको सुविधाका लागि बैंकहरुको सहभागिता, इन्स्योरेन्सको सुविधाका लागि ग्राहक सेवा प्रतिनिधि, पनि उपस्थित हुनेछन् भने गाडीको विशेष मूल्यांकन गर्न दक्ष कर्मचारीका साथ आउने ग्राहकलाई विभिन्न सेवा, सुविधा तथा उपहारको व्यवस्था गरिने कम्पनीको भनाइ छ। 

टाटाको नेक्सन ईभी र टिगोर ईभी नेपाली बजारमा उपलब्ध रहेका छन्। नेक्सन ईभी नेपाली बजारमा सर्वाधिक बिक्री हुने विद्युतीय एसयूभीमा पर्छ। हालसम्म नेपाली बजारमा करिब २५ सय विद्युतीय कार बिक्री भइसकेका छन् भने देशभर सिप्रदीले सबैभन्दा ठूलो चार्जिङ नेटवर्क विस्तार गरेको छ। 


प्रकाशित : मंगलबार, फागुन ३० २०७९१२:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend