आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

लघुवित्तहरूले नियम पालना गरेर सेवा दिइरहेको राष्ट्र बैंकको निष्कर्ष 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन ३० २०७९
images
लघुवित्तहरूले नियम पालना गरेर सेवा दिइरहेको राष्ट्र बैंकको निष्कर्ष 

लघुवित्तिका कुल ५ हजार ७९ शाखा छन् भने ७७ जिल्लामै यी संस्था पुगेका छन्। लघुवित्तका कुल १ हजार ३८१ समूह छन्। 

images
images

काठमाडौं- लघुवित्त संस्थाहरूले राष्ट्र बैंकको नियामकीय निर्देशन पालना गरिरहेको पाइएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो सुपरिवेक्षणमा सबै संस्थाहरूले निर्देशन पालना गरेको पाइएको हो।

images
images
images

राष्ट्र बैंकले २०७९ को पुससम्मको वित्तीय विवरणका आधारमा गरेको सुपरिवेक्षणमा यस्ता संस्थाहरूले नियामकीय निर्देशनअनुसार नै काम गरेको देखिएको छ। 

images
images

सुपरिवेक्षण प्रतिवेदनमा पछिल्लो एउटा लघुवित्तलाई मात्र समस्याग्रस्त घोषणा गरेर नियन्त्रणमा लिइएको उल्लेख छ। यस बाहेकका सबै संस्थाले ऐन नियम तथा निर्देशनअनुसार सेवा दिइरहेको पाइएको उल्लेख गरिएको छ। 

images
images

अहिले नेपालमा कुल ६४ वटा लघुवित्त संस्था रहेका छन्। यसमा ४६ वटा राष्ट्रियस्तरका छन् भने जिल्ला तथा क्षेत्रीयस्तरका ५ वटा रहेका छन्। प्रदेशस्तरका संस्थाको संख्या १३ रहेको छ। 

लघुवित्तिका कुल ५ हजार ७९ शाखा छन् भने ७७ जिल्लामै यी संस्था पुगेका छन्। लघुवित्तका कुल १ हजार ३८१ समूह छन्। 

 


प्रकाशित : मंगलबार, फागुन ३० २०७९११:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend