आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

शंकास्पद डलर कारोबारमा मुछिएका पृथ्वी शाहसहित ६ जना पुर्पक्षका लागि थुनामा

images
मंगलबार, फागुन ३० २०७९
images
शंकास्पद डलर कारोबारमा मुछिएका पृथ्वी शाहसहित ६ जना पुर्पक्षका लागि थुनामा

अमेरिकामा अनलाइनमार्फत ठगी गरेको रकम नेपाल ल्याएको आरोपमा शाहलाई सीआईबीले पक्राउ गरेको थियो। उनीहरूविरुद्ध विभिन्न २४ वटा उजुरी परेको थियो।

images
images

काठमाडौं- ठगी, सार्वजनिक लिखत कीर्ते र संगठित अपराधसम्बन्धी कसुरमा पृथ्वीबहादुर शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत, काठमाडौंले आदेश दिएको छ ।

images
images
images

पक्राउ परेका ७ प्रतिवादीमध्ये भक्तपुरकी २४ वर्षीया विनिता तामाङलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ।

images
images

आदेशपछि सोमबार पृथ्वीसहित उनका भाइ विजयविक्रम शाह, सहयोगी अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउद पुर्पक्षका लागि कारागार चलान भएका छन्। 

images
images

शाहको समूहले प्रविधिलाई अधिकतम दुरुपयोग गरी पीडतका मेल, सामाजिक सञ्जाल वा बैंक खातामै पहुँच पुर्‍याएर ठगी गरेका पाइएको छ। अभियुक्तहरुले कृषि ट्राभल, म्यानपावरलगायत २४ कम्पनी खडा गरी नक्कली कागजात प्रयोग गरेर विदेशी नागरिकबाट झन्डै ६४ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोप छ। 

ठगिनेमा धेरै अमेरिकी नागरिक छन्। उनीहरूले अमेरिकाका क्यान्सर, अल्जाइमरजस्ता रोगबाट पीडित वृद्धवृद्धाहरूलाई लक्ष्य गरेर यस्तो धन्दा गरेका थिए। अभियुक्तहरुले पीडितको बैंक खातामा पहुँच पुर्‍याएर ठगी गरेको पाइएको र अहिलेसम्म यसरी ५६ जना ठगीमा परेकामा २४ जनाले ठगी भएको भनी जाहेरी दिएका थिए। ठगीका २० आरोपीमध्ये १३ फरार छन्।

रिमोट एक्सेसबाट पीडितहरूको डिभाइस मार्फत बैंक एकाउण्टमा पहुँच पुर्‍याउने र मौज्दात रकम नेपाल र थाइल्याण्डमा पठाउने गरेको, पीडितको खाताबाट विभिन्न बैंकहरू हुँदै रकम ट्रान्सफर भएर आउँदा आवश्यकता बमोजिम बैंकहरूलाई खातावाला (पीडित) का तर्फबाट आफैलाई इमेल पठाउने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको थियो।


प्रकाशित : मंगलबार, फागुन ३० २०७९०७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend