आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

पाँच बिघाभन्दा बढी अतिक्रमित जग्गा वीरगञ्ज महानगरले अधीनमा ल्यायो  

images
मंगलबार, फागुन ३० २०७९
images
पाँच बिघाभन्दा बढी अतिक्रमित जग्गा वीरगञ्ज महानगरले अधीनमा ल्यायो  

सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोली नक्सा लिएरै सम्भावित स्थानमा पुगेको हो।

images
images

काठमाडौं- वीरगञ्ज महानगरपालिकाले अतिक्रमित पाँच बिघाभन्दा बढी जग्गा नियन्त्रणमा लिएको छ। महानगरको वडा नं १७ र १९ को सीमामा रहेको कोनियाँ गाउँमा स्थानीय केही व्यक्तिले अतिक्रमण गरेर कब्जामा राखेको जग्गा महानगरले आफ्नो नियन्त्रणमा ल्याएको हो। 

images
images
images

महानगरको टोलीले नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याएर तारबारका लागि खन्ने कामसमेत गरेको छ। सार्वजनिक जग्गा छुट्याएर तारबार गरी वृक्षरोपण गर्ने महानगरको योजना छ। 

images
images

सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोली नक्सा लिएरै सम्भावित स्थानमा पुगेको हो। अतिक्रमित जग्गा वडा नं १७ का वडा सदस्य अमोद यादवसहित केही स्थानीयवासीले भोगचलन गर्दै आएका थिए। 

images
images

यादव एक्लैले आफ्नो नाममा रहेको सात कठ्ठा जग्गाको आडैमा रहेको चार बिघा सार्वजनिक जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको वडा नं १९ का वडाध्यक्ष मुकेशकुमार चौरसियाले बताए।  

अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन दिनभर नापजाँच गरेर छुट्याउनुका साथै डोजर लगाएर सीमा छुट्याउने काम गरिएको उनले जानकारी दिए। वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नगरक्षेत्रभित्र रहेका सार्वजनिक जग्गा पहिचान गरी महानगर मातहतमा ल्याउन अभियान अगाडि बढाएसँगै वडा नं १७ को पाँच बिघा जग्गा आफ्नो अधीनमा ल्याउन सफल भएको बताए। 

अहिले महानगरसँग आफ्नो क्षेत्रमा रहेका सार्वजनिक जग्गा कति छ भन्ने कुनै पनि तथ्यांक नरहँदा खोजीमा कठिनाइ भइरहेको भए पनि अभियान सफल पार्न टोली दिनहुँ खटिएको पनि उनले जानकारी दिए। 

अतिक्रमण भएको पाँच बिघाभन्दा बढी जग्गा एकैपटक अधीनमा ल्याएको यो पहिलो घटना हो। हरेक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखीकरण गरेर राख्न र आवश्यकताअनुसार प्रयोग गर्न महानगरले खोजी अभियान अघि बढाएको पनि नगरप्रमुख सिंहले बताए।


प्रकाशित : मंगलबार, फागुन ३० २०७९०५:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend