आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

ट्रयाक खुलेको दुई दशकपछि सिक्लेस सडक कालोपत्र गरिँदै

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन ३० २०७९
images
ट्रयाक खुलेको दुई दशकपछि सिक्लेस सडक कालोपत्र गरिँदै

काहुँखोला-सिक्लेस सडकखण्डको ट्रयाक २०५८ सालमा खुलेको हो। ट्रयाक खुलेको दुई दशकपछि सडकको स्तरोन्नति गरी कालोपत्र गर्न थालिएको हो।

images
images

कास्की- पर्यटकीय हिसाबले महत्वपूर्ण कास्कीको मादी गाउँपालिका-१ सिक्लेस पुग्ने सडक कालोपत्र गर्न थालिएको छ। काहुँखोला-सिक्लेस सडकखण्डको ट्रयाक २०५८ सालमा खुलेको हो।

images
images
images

ट्रयाक खुलेको दुई दशकपछि सडकको स्तरोन्नति गरी कालोपत्र गर्न थालिएको छ। सो सडकखण्डमा पहिलो चरणमा विजयपुरखोलाबाट थाकको उकालोसम्म कालोपत्र गर्न थालिएको मादी-७ का वडाध्यक्ष दुर्गाबहादुर गुरुङले बताए। उनका अनुसार बिहान १० देखि साँझ ४ बजेसम्म यातायात पूर्ण बन्द गरेर सडक कालोपत्रको काम भइरहेको छ।

images
images

पोखरा महानगरपालिका-१३ विजयपुरखोलाबाट सिक्लेससम्मको ३२ किमी सडकमध्ये हाल पहिलो चरणमा १० किमीको निर्माण भइरहेको छ। निर्माण कम्पनीले आगामी चैतसम्म कालोपत्र सक्ने प्रतिबद्धता जनाएको छ। उनले भने, ‘लामो समयको प्रतिक्षा र मेहनतपछि पक्की सडक हुन थालेपछि गाउँले उत्साहित छन्। यसबाट उत्तरी मादीका बासिन्दलाई राहत मिल्छ।’ 

images
images

यसैगरी थाकबाट माथिको १० किमी सडकसमेत स्तरोन्नतिको काम सुरू भएको छ। रौताहा कन्स्ट्रक्सनले छ महिनादेखि सडक फराकिलो बनाउने काम गरिरहेको हो। गण्डकी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय कास्कीले सो सडक स्तरोन्नतिका लागि २०७७ सालमा काष्ठमण्डप कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो। सो सडकको लागत २२ करोड २६ लाख रूपैयाँ छ। सडक दायाँबायाँ नालाबाहेक सात मिटर फराकिलो बनाइएको छ। 

मादी गाउँपालिका-१ स्थित सिक्लेस आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रूपमा प्रख्यात छ। दृश्यावलोकन र सुन्दर गुरुङ बस्तीले यहाँ पर्यटकलाई आकर्षित गर्ने गरेको छ। पक्की सडकबनेसँगै सिक्लेससहित ताङतिङ, क्रपुडाँडा, कफूचे ताललगायत मादीका पर्यटकीयस्थलमा जाने पर्यटकलाई समेत सहज हुने विश्वास गरिएको छ।

सिक्लेसलाई नेपालको शान्ति प्रक्रियाको सुरुवात स्थलका रूपमा समेत लिइन्छ। विसं २०६३ मा तत्कालीन विद्रोही नेकपा (माओवादी) र सरकारकाबीच सिक्लेसमा पहिलोपटक वार्ता भएको थियो। तत्कालीन विद्रोही माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सरकारका तर्फबाट गृहमन्त्री कृष्णप्रसाद सिटौलाबीच सिक्लेसमा वार्ता भएको थियो। सिक्लेसमा शान्तिस्तम्भसहित पूर्वाधार निर्माण गरिएको छ। रासस 


प्रकाशित : मंगलबार, फागुन ३० २०७९०५:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend