आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

एकैदिन १६ सय रूपैयाँले बढ्यो सुनको मूल्य, तोलाको एक लाख ५७ सय पुग्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन ३० २०७९
images
एकैदिन १६ सय रूपैयाँले बढ्यो सुनको मूल्य, तोलाको एक लाख ५७ सय पुग्यो

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य एक लाख पाँच हजार सातसय रूपैयाँ र तेजाबी सुनको मूल्य एक लाख पाँच हजार दुईसय कायम छ। मंगलबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ।

images
images

काठमाडौं- यो साता लगातार सुनको मूल्यमा भारी वृद्धि भएको छ। 

images
images
images

दुई दिनमा २३ सय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार १६ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य एक लाख पाँच हजार सातसय रूपैयाँ र तेजाबी सुनको मूल्य एक लाख पाँच हजार दुईसय कायम छ। 

images
images

साताको पहिलो कारोबारमा आइतबार प्रतितोला १७ सय रूपैयाँले बढेको सुनको मूल्य सोमबार ६ सय रूपैयाँले वृद्धि भएको थियो।आइतबार प्रतितोला एक लाख ३ हजार पाँचसयमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोला एक लाख ४ हजार एकसय कायम थियो।

images
images

सोमबार तेजाबी सुनको मूल्य एक लाख ३ हजार ६ सय कायम थियो जसको मूल्य आइतबार एक लाख ३ हजार कायम थियो।

मंगलबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। सोमबारको तुलनामा चाँदीको मूल्य ४५ रूपैयाँले बढेको हो। आज चाँदी प्रतितोला एक हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 


प्रकाशित : मंगलबार, फागुन ३० २०७९०५:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend