आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

साप्सुखोला-विजयखर्क खानेपानी आयोजनाको काममा लापरबाही, निर्माणाधीन अवस्थामै चर्किए ट्यांकी

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन ३० २०७९
images
साप्सुखोला-विजयखर्क खानेपानी आयोजनाको काममा लापरबाही, निर्माणाधीन अवस्थामै चर्किए ट्यांकी

विसं २०८१ साउनमा पूरा गर्नुपर्ने उक्त आयोजनाबाट पाँचसय २३ परिवार लाभान्वित हुनेछन्।

images
images

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्कमा सञ्चालित लिफ्टिङ खानेपानी आयोजनाको काममा लापरबाही भएको पाइएको छ।

images
images
images

नेपाल सरकार, संघीय खानेपानी मन्त्रालयको २९ करोड १३ लाख रूपैयाँको लागतमा सञ्चालित साप्सुखोला-विजयखर्क-बसेरी लिफ्टिङ खानेपानी आयोजनामा ठेकेदार कम्पनी ‘सगरमाथा ड्रिलिङ एन्ड कन्स्ट्रक्सन कम्पनी’ र उपभोक्ता समितिले लापरबाही गरेको देखिएको हो।

images
images

विसं २०७९ असारमा सम्झौता गरेर निर्माण अघि बढाइएको उक्त आयोजनाअन्तर्गत हाल ट्यांकी निर्माण र पानी वितरण लाइनको भइरहेको छ। निर्माणाधीन अवस्थामै ट्यांकी चर्किएका छन् भने पाइप लाइनको काम पनि मापदण्डविपरीत भएको निरीक्षणका क्रममा देखिएको छ। 

images
images

स्वास्थ्य चौकीडाँडामा निर्माणाधीन ट्यांकी भत्किन थालेको छ। ठेकेदार कम्पनीले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेका कारण समस्या भएको स्थानीय कमला ढकालले बताए। सम्झौताविपरित निर्माणको काम भइरहेको पाइएको छ।

विसं २०८१ साउनमा पूरा गर्नुपर्ने उक्त आयोजनाबाट पाँचसय २३ परिवार लाभान्वित हुनेछन्। ठकेदार र उपभोक्ता समितिको लापरबाहीका कारण गणस्तरीय काम नभएको स्थानीय युवराज कार्कीले बताए।

गुणस्तरीय काम नभएपछि स्थानीयले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रसमेत बुझाएका छन्। आयोजनाको काम गुणस्तरीय  कायम गराउन आफू निरन्तर लागिपरेको खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष सरोज राईको भनाइ छ। रासस 


प्रकाशित : मंगलबार, फागुन ३० २०७९०४:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend