आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

चार वर्षसम्म अलपत्र पुलको निर्माण सुरू

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २९ २०७९
images
चार वर्षसम्म अलपत्र पुलको निर्माण सुरू

पुल स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दुई करोड ५० लाख रूपैयाँमा निर्माण हुन लागेको हो।

images
images

गुल्मी- गुल्मीको मुसिकोट नगरपालिका अन्तर्गत बढीघाट खोलामा निर्माणाधीन अवस्थामा भाँचिएर अलपत्र परेको पक्की पुलको निर्माण सुरू भएको छ। अलपत्र अवस्थामा परेको चार वर्षपछि निर्माण सुरू गरिएको हो। 

images
images
images

मुुसिकोट नगरपालिका-७ देखि मुसिकोटकै २, ३ र ४ नम्बर वडालाई जोड्ने उक्त पक्की पुल निर्माणकै क्रममा दुई पटकसम्म भाँचिएपछि अलपत्र अवस्थामा थियो। दुई पटकसम्म भाँचिएको पुल हाल डिजाइन परिवर्तन गरी नयाँ निर्माण व्यवसायी जलप नेपाल प्रालीले निर्माण सुरू गरेको हो।

images
images

पुल स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दुई करोड ५० लाख रूपैयाँमा निर्माण हुन लागेको हो। पुल निर्माणको लागि दुबैतिर फाउण्डेशनको काम पूरा भइसकेको हुँदा अहिले पुन निर्माण स्थलसम्म पुग्न सडक विस्तारको काम भइरहेको निर्माण व्यवसायी प्रतिनिधि अनिष पौडेलले जानकारी दिए। उनका अनुसार आगामी असोजसम्म पुल निर्माण सम्पन्न हुनेछ। 

images
images

पहिलो पटक २०७६ वैशाखमा निर्माण अन्तिम चरणमा पुग्दै गर्दा खोलामा बाँढी आएपछि पुलको टेका भासिँदा पुल भत्किएको थियो भने दोस्रो पटक पनि निर्माण सुरू भएको एक वर्षपछि सोही प्रकृति दोहोरिएका कारण पुनः पुल भाँचिएको थियो । 

पुलको निर्माण तत्कालै सुरू गर्न नगरपालिकाको तर्फबाट पटक-पटक सम्बन्धित निकायमा पहल गरेपछि काम सुरू हुन लागेको मुसिकोट नगरपालिका प्रमुख जीवन खरेलले बताए। उनले ढिलै भए पनि काम सुरू हुन लागेको हुँदा यो पटक तोकिएकै मितिमा पुल निर्माण हुने कुरामा आफूहरु पूर्ण आशावादी रहेको बताए। 

मुसिकोट नगरपालिकाको बढीघाट खोलामाथि निर्माण हुन लागेको ट्रस बोर्डर प्रविधिमा आधारित उक्त पुलको लम्बाई ५५ मिटर रहेको छ। पुल निर्माणका लागि जलप नेपाल कम्पनीले निर्माणको जिम्मा पाएको छ। पुल निर्माण भएपछि मुसिकोट नगरपालिका लगायत छिमेकी बागलुङ जिल्लाका नागरिकलाई समेत सदरमुकाम तम्घास आवतजावतमा थप सहजता मिल्नेछ। रासस


प्रकाशित : सोमबार, फागुन २९ २०७९११:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend