आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

घरजग्गाको कित्ताकाट खुल्दै; बैंकको लगानी बढ्दै, अब कारोबार कता?

images
मंगलबार, फागुन ३० २०७९
images
घरजग्गाको कित्ताकाट खुल्दै; बैंकको लगानी बढ्दै, अब कारोबार कता?

माघ महिनाको घरजग्गाको कारोबार पछिल्लो ४ महिनायताकै सर्वाधिक किनबेच हो। गत वर्षदेखि लगातार ओरालो लागेको घरजग्गा कारोबार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पनि सुधार हुन सकेको थिएन।

images
images

काठमाडौं- घरजग्गामा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी बढाउन थालेका छन्। योसँगै कारोबारसमेत बढ्ने अनुमान गरिएको छ। 

images
images
images

बैंकहरूमा निक्षेप बढेसँगै कमर्सियल क्षेत्रको घरजग्गामा बैंकहरूको लगानी वृद्धि गरेका हुन्। बैंकले पनि लगानी बढाउने र कित्ताकाट समेत देशभर खुल्दै गएकोले आगामी दिनमा घरजग्गा कारोबार बढ्ने अनुमान गरिएको छ। विभिन्न गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाले पनि कित्ताकाट खुलाउन थालेका छन्। 

images
images

उपत्यकामा पनि जग्गा कित्ताकाट खुलेको छ। उपत्यकामा कित्ताकाट खुलेसँगै घरजग्गा कारोबारमा पुनः लगानीकर्ता फर्किने अनुमान गरिएको छ। जग्गा वर्गीकरण नहुँदा गतवर्षदेखि नै कित्ताकाट खुलेको थिएन। 

images
images

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो सात महिनामा व्यक्तिगत आवास र रियल इस्टेटगरी १३ अर्ब ३५ करोड रुपैयाँ प्रवाह भएको छ। जसमध्ये ९ अर्ब २० करोड व्यक्तिगत आवासीय कर्जा र ४ अर्ब १५ करोड रियल इस्टेट कर्जा रहेको छ। 

मंसिर र पुस महिनामा बैंकको घरजग्गा ऋण लगानी सून्य रहेको थियो। माघ महिनामा चार अर्बभन्दा बढी कर्जा रकम प्रवाह भएको हो।  अधिकतम डेढ करोड रुपैयाँसम्मको कर्जालाई व्यक्तिगत आवासीय कर्जा र त्यसभन्दा बढी रकमको कर्जालाई रियल इस्टेट कर्जामा गणना गर्ने व्यवस्था छ। 

सात महिनामा रियल इस्टेटतर्फ प्रवाह भएको कर्जामध्ये रेसिडेन्सियल रियल इस्टेट (डेढ करोडसम्मको व्यक्तिगत आवासीय कर्जा बाहेक) दुई अर्ब ४६ करोड, कमर्शियल कम्पलेक्स तथा रेसिडेन्सियल अपार्टमेन्ट निर्माण गर्न एक अर्ब २४ करोड, आम्दानी सिर्जना गर्ने कमर्शियल कम्पलेक्समा तीन अर्ब ८५ करोड, जग्गा खरिद तथा प्लटिङ गर्न ९५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। 

सुरुवातदेखि माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल पाँच खर्ब ७९ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। जसमध्ये तीन खर्ब ४७ अर्ब रुपैयाँ व्यक्तिगत आवासीय र दुई खर्ब ३२ अर्ब रियल इस्टेट कर्जा रहेको छ।

बैंकहरूले लगानी बढाएसँगै घरजग्गा कारोबार बढ्यो 

माघ महिनामा घरजग्गा कारोबार ४१ हजार ८६ कित्ता किनबेच भएको थियो। मंसिरमा भन्दा पुस महिनामा पनि बढेर ३८ हजार ८७१ पुगेको विभागले जनाएको छ।  

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मंसिरमा देशभर २९ हजार १८४ घरजग्गा कारोबार भएको छ। अघिल्लो महिना कात्तिकमा २७ हजार ९३९ घरजग्गा किनबेच भएको थियो।   

माघमा घरजग्गा कारोबारबाट ३ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको विभागको तथ्यांक छ। पुसमा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। मंसिरमा सरकारले घरजग्गा खरिद बिक्रीबाट २ अर्ब ६५ करोड रुपैयाँ मात्रै संकलन गरेको थियो।

माघ महिनाको घरजग्गाको कारोबार पछिल्लो ४ महिनायताकै सर्वाधिक किनबेच हो। गत वर्षदेखि लगातार ओरालो लागेको घरजग्गा कारोबार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पनि सुधार हुन सकेको थिएन। ठूला लगानीकर्तालाई बैंकको दबाब भएपछि साना लगानीकर्ताहरू समेत मारमा परेका थिए। 

सयौँ विगाह जमिनहरू प्लटिङ भएर बिक्री हुन सकेको छैनन। पछिल्लो समय बैंकहरूले धमाधम घरजग्गा लिलामीमा समेत राखेका छन्। व्यवसायीका अनुसार पछिल्लो ९ महिनायता लगातार घरजग्गामा आएको मन्दीले जग्गाको भाउ घटाउँदासमेत बिक्री हुन सकेको छैन।

नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत् घरजग्गामा जाने कर्जालाई अनुत्पादकको श्रेणीमा राखेको छ। मौद्रिक नीतिमा काठमाडौं उपत्यकाभित्र मूल्यांकनको ३० प्रतिशत र उपत्यका बाहिर ४० प्रतिशत मात्रै कर्जा दिन पाउने व्यवस्था गरेको छ। सोही व्यवस्थाका कारण पनि घरजग्गामा जाने कर्जामा कमी आएको छ।


प्रकाशित : मंगलबार, फागुन ३० २०७९०३:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend