आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

सरकारले कटौती गर्‍यो रासायनिक मलमा अनुदान, बढ्यो मूल्य

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २९ २०७९
images
सरकारले कटौती गर्‍यो रासायनिक मलमा अनुदान, बढ्यो मूल्य

मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको फागुन २९ गतेको बैठकले आयात बिन्दुमा युरिया मलको बिक्री मूल्य प्रति केजी २५ रुपैयाँ पुर्‍याएको छ। यसअघि प्रतिकेजी १४ रुपैयाँ मात्रै थियो।

images
images

काठमाडौं- सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गरेको छ।

images
images
images

सरकारले ११.७८ प्रतिशतले अनुदान कटौती गरेसँगै किसानले यसअघिको भन्दा बढी मूल्य तिर्नुपर्ने भएको छ।

images
images

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार २६ फागुनअघि मलमा समग्रमा ७० प्रतिशत किसान अनुदान रहेकामा त्यसलाई कटौती गरेर ५९‍.४ प्रतिशतमा झारिएको छ। 

images
images

कृषि मन्त्रीको विभागीय निर्णयअनुसार, मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको फागुन २९ गतेको बैठकले आयात बिन्दुमा युरिया मलको बिक्री मूल्य प्रति केजी २५ रुपैयाँ पुर्‍याएको छ। यसअघि प्रतिकेजी १४ रुपैयाँ मात्रै थियो।

यसअघि ४३ रूपैयाँ रहेको डीएपी मलको मूल्य प्रतिकेजी ५० रुपैयाँ पुर्‍याइएको छ। पोटास मलको मूल्य पनि प्रति केजी ३१ बाट बढाएर ४० पुर्‍याइएको छ। त्यसैगरी, डीएपी मलमा यसअघि दिइएको ५९ प्रतिशतको अनुदानलाई घटाएर ५२‍.४ प्रतिशतमा झारिएको छ। पोटासमा यसअघि दिइएको ५८ प्रतिशत अनुदानलाई ४६ प्रतिशतमा झारिएको छ।


प्रकाशित : सोमबार, फागुन २९ २०७९१०:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend