आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

हाँसीपुरमा पानी अभाव, स्थानीयवासीलाई दुई ठाउँमा सर्नुपर्ने बाध्यता

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २९ २०७९
images
हाँसीपुरमा पानी अभाव, स्थानीयवासीलाई दुई ठाउँमा सर्नुपर्ने बाध्यता

पानी नहुँदा यहाँ पशुपालन तथा अन्नपात उत्पादनसमेत हुँदैन। खानेपानी, अन्नपातका साथै पशुपालनका लागि समस्या हुन थालेपछि अधिकांश स्थानीयवासी पहिलेदेखि नै दुई ठाउँमा बस्दै आएका हुन्।

images
images

घोराही- दाङको घोराहीदेखि करिब २७ किलोमिटर पूर्व-दक्षिणमा पर्ने हाँसीपुर बङ्गलाचुली गाउँपालिका-८ विकट र पहाडी बस्ती हो। यहाँका अधिकांश बासिन्दा पानीको अभावका दुई ठाउँमा बस्दै आएका छन्।

images
images
images

पानी नहुँदा यहाँ पशुपालन तथा अन्नपात उत्पादनसमेत हुँदैन। खानेपानी, अन्नपातका साथै पशुपालनका लागि समस्या हुन थालेपछि अधिकांश स्थानीयवासी पहिलेदेखि नै दुई ठाउँमा बस्दै आएका हुन्।

images
images

हाँसीपुरलाई मूल थलो बनाए पनि पशुपालन, खेती र घाँस दाउराका लागि सोही वडाको सालबास, गुराँसे र भुल्केमा यहाँका मानिसको बसोबास रहेको स्थानीयवासी सर्मिला गाहामगरले बताए। उनका अनुसार सालबास, गुराँसे र भुल्केमा बसेर मौसमअनुसार खोलाका किनारामा खेतीपातीसँगै गाईभैँसी, बाख्रा गरिदै आइएको छ।

images
images

यहाँ रहेका करिब ७० घरमध्ये ८५ प्रतिशत मगर समुदायको बसोबास छ। भौगोलिक विकटताका कारण केहीवर्ष अघिसम्म सडक, शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानीलगायत विकासका पूर्वाधारबाट वञ्चित थियौँ। अहिलेसडक, विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्यलगायत सुविधा उपलब्ध भए पनि नियमित सेवा नहुँदा सास्ती भोग्नु परेको स्थानीयवासीले बताए।

विकासको पहिलो आवश्यकताका रूपमा रहेको सडक सञ्जाल विस्तारले केही सहज भए पनि नियमित सेवा नहुँदा समस्या हुने गरेको सोही ठाउँ निवासी कमल विश्वकर्माले बताए। ‘भौगोलिक विकटताका कारण बाटो सहज छैन, एक झरी पानी पर्ने वित्तिकै बाटो बिग्रिने हुँदा गाडी चल्दैनन्,’ उनले भने, ‘पानी पर्‍यो भने सिमलतारासम्म मात्रै बस आउँछ, यता आउँदैन।’  

गाउँमा हाँसीपुर स्वास्थ चौकी भए पनि जनशक्ति र औषधि अभावका कारण यहाँका बासिन्दा घोराही पुग्ने गरेको स्थानीयवासी गोपाल गाहामगरले बताए। ‘सामान्य बिरामी हुँदा जाँचसँगै औषधिका लागि स्वास्थ्यचौकी जाने हो। कहिले औषधि त कहिले कर्मचारी नै हुँदैनन्, त्यसैले घोराही जानुपर्ने बाध्यता छ’, उनले भने। 

गाउँमा अहिले खानेपानीको समस्याका साथै सञ्चार सुविधा नहुँदा कृषिका लागि सिँचाइको सुविधा छैन। ‘खानेपानीको धारा बनेको छ, अब गर्मी याम सुरू भएसँगै धारामा पानी आउँदैन । खोलाबाट पानी ल्याएर पिउनु पर्छ’, गोपालले भने।

उनका अनुसार यहाँ दश भन्दामाथि पढ्ने विद्यालय छैनन्। जनप्रतिनिधिलाई जानकारी गराउँदा सुनुवाइ नभएको उनको गुनासो थियो। रासस 


प्रकाशित : सोमबार, फागुन २९ २०७९०९:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend