आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

तनहुँका दुई नगरपालिकामा सोलार लिफ्ट सिँचाइ

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २९ २०७९
images
तनहुँका दुई नगरपालिकामा सोलार लिफ्ट सिँचाइ
फाइल तस्बिर

गण्डकी प्रदेश सरकारको सहयोगमा लोकेतिटारमा एक करोड २९ लाख र सिस्नेरीमा ७९ लाख रूपैयाँको लागतमा योजना निर्माण सम्पन्न भएको हो।

images
images

तनहुँ- जिल्लाको शुक्लागण्डकी र भीमाद नगरपालिकामा सोलार लिफ्ट सिँचाइ योजना सम्पन्न भएको छ। शुक्लागण्डकी-१० को लोकेतिटार र भीमाद-७ को सिस्नेरी ठूलो फाँटमा सोलारका माध्यमबाट पानी लिफ्ट गरी सिँचाइको व्यवस्था गरिएको हो।

images
images
images

योजना निर्माण सम्पन्न गरी सञ्चालनका लागि उपभोक्तालाई हस्तान्तरण गरिएको जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख रमेशराज शर्माले जानकारी दिए। उनका अनुसार गण्डकी प्रदेश सरकारको सहयोगमा लोकेतिटारमा एक करोड २९ लाख र सिस्नेरीमा ७९ लाख रूपैयाँको लागतमा योजना निर्माण सम्पन्न भएको हो।

images
images

लोकेतिटारमा २३ र सिस्नेरीमा २७ धारा निर्माण गरी सिँचाइको व्यवस्था मिलाइएको निर्माण कम्पनी अकलादेवी कन्स्ट्रक्सन एण्ड कन्सल्टटेन्सी प्रालिका प्रतिनिधि सुजन सुवेदीले बताए। उनका अनुसार उक्त दुई स्थानमा गरी करिब आठसय रोपनी क्षेत्रफलमा सिँचाइ गरिने छ। सिँचाइ योजनाबाट शुक्लागण्डकीमा तीन सय र भीमादका दुईसय बासिन्दा लाभान्वित हुने छन्। यहाँका बासिन्दालाई उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले सिँचाइ योजनाका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको हो।

images
images

योजनाको निर्माण सम्पन्न भएर उपभोक्तालाई हस्तान्तरण गरिए पनि कार्यालयबाट जाँच गरी बाँकी रकम भुक्तानी गरिने जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख शर्माले बताए। उनका अनुसार सतहमा पानी भएका स्थानमा कुलो, नहरबाट र सतहमा पानी नभएका स्थानमा सोलार लिफ्टमार्फत सिँचाइको व्यवस्था मिलाइएको छ।

स्थानीय क्याङ्दी खोलामा सम्पवेल निर्माण गरी ७० मिटर उचाइमा लिफ्टमार्फत दुईवटा ट्यांकीमा पानी संकलन गरी लोकेतिटारमा सिँचाइको योजना सम्पन्न गरिएको छ। उक्त क्षेत्रमा करिब चार किमी पाइप विच्छ्याएर प्लट-प्लटमा पानीको धारा जडान गरी सुचारु गरिएको जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ।

सिस्नेरीफाँटमा जमिन भन्दा ७० मिटर गहिराइमा खनिएको बोरिङबाट पानी लिफ्ट गरी एउटा ट्यांकीमा संकलन गरेर सिँचाइको व्यवस्था मिलाइएको छ। उक्त योजनाअन्तर्गत तीन किलोमिटर पाइप विच्छ्याइएको छ। रासस 


प्रकाशित : सोमबार, फागुन २९ २०७९०८:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend