आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

कम्पनी रजिष्ट्रार कार्यालयमा विदेशी लगानी भएका कम्पनीका लागि छुट्टै डेस्क 

images
सोमबार, फागुन २९ २०७९
images
कम्पनी रजिष्ट्रार कार्यालयमा विदेशी लगानी भएका कम्पनीका लागि छुट्टै डेस्क 

नेपालमा लगानीको वातावरण निर्माण तथा सुधारमा सकारात्मक भूमिका खेल्ने कार्यालयको विश्वास छ। 

images
images

काठमाडौं- कम्पनी रजिष्ट्रारको कार्यालयले प्रत्यक्ष विदेशी लगानीमा खुल्ने कम्पनीलाई सेवा दिनका लागि छुट्टै डेस्क सञ्चालनमा ल्याएको छ।

images
images
images

प्रत्यक्ष विदेशी लगानी रहेका कम्पनी दर्ता गर्ने प्रयोजनको लागि कार्यालयले अलग्गै डेस्क सञ्चालनमा ल्याएको हो। यो डेस्कबाट प्रत्यक्ष वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, एवं सार्वजनिक निजी साझेदारी तथा लगानी ऐनले तोकेको प्रक्रिया पूरा गरी कम्पनी दर्ताको चरणमा प्रवेश गरेका कम्पनीहरूको काम हुने छ। 

images
images

विदेशी लगानीका कम्पनीलाई छरितो सेवा दिन तथा एकरुपता ल्याउनका लागि डेस्क स्थापना गरिएको कार्यालयले जानकारी दिएको छ। 

images
images

नेपालमा लगानीको वातावरण निर्माण तथा सुधारमा सकारात्मक भूमिका खेल्ने कार्यालयको विश्वास छ। 

विदेशी लगानीका कम्पनी बाहेक  विदेशी कम्पनीको शाखा दर्ता तथा सम्पर्क कार्यालय स्थापना सम्बन्धी कार्यको समेत सुरुवाती कार्यहरू गरि सहजीकरण सेवा प्रवाह गर्नेछ। यस्ता कम्पनीहरू दर्ता भइ संचालनमा आइसकेपछि प्रदान गरिने सेवा भने नियमित प्रकृयाबाटै हुने कार्यालयले जानकारी दिएको छ। 


प्रकाशित : सोमबार, फागुन २९ २०७९०८:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend