आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

सुकुम्बासीलाई व्यवस्थित गर्न विराटनगर महानगरले थाल्यो प्रक्रिया

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २९ २०७९
images
सुकुम्बासीलाई व्यवस्थित गर्न विराटनगर महानगरले थाल्यो प्रक्रिया

विराटनगर महानगरपालिकाले सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रक्रिया सुरू गरेको छ।

images
images

काठमाडौं- विराटनगर महानगरपालिकाले सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रक्रिया सुरू गरेको छ। विराटनगर क्षेत्रभित्र रहेका भूमिहीनलाई बोलाएर महानगरले व्यवस्थित गर्ने विषयमा छलफल गरेको हो।

images
images
images

सुकुम्बासी समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्ने उद्देश्यका साथ छलफल गरिएको महानगरका प्रमुख नागेश कोइरालाले बताए। उनले सम्बन्धित सुकुम्बासीकै कुरा सुनेपछि समाधान गर्न सहज हुने भएकाले छलफल आयोजना गरेको प्रस्ट पारे।

images
images

प्रमुख कोइरालाले आफ्नो कार्यकालमा सम्भव भएसम्म सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाए। उनले बिजुली, खानेपानी, विद्यालय, खेलकुद मैदान, स्वास्थ्यचौकीलगायतका आधारभूत सुविधासहितको एकीकृत वस्ती निर्माण गरेर सुकुम्बासीलाई व्यवस्थित गर्ने योजना रहेको सुनाए। 

images
images

'हामीले व्यवस्थित गर्ने कोसिस गरेका छौँ', प्रमुख कोइरालाले भने, 'घरसहित व्यवस्थित गर्ने योजना छ। यसमा तपाईंहरुको पनि साथ चाहिन्छ। सक्नेले आर्थिक र नसक्नेले श्रमदान गर्नुपर्छ। यसो गर्दा आफूले पाएको चिजको महत्व र माया हुन्छ।' 

उपप्रमुख शिल्पा निराला कार्कीसमेतको उपस्थितिमा भएको छलफलमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले छलफलको उद्देश्यमाथि प्रकाश पारेका थिए। उनले सडक छेउछाउ निर्माण गरिएका अव्यवस्थित झुप्राझाप्रीले महानगरको सौन्दर्यतामा समेत ह्रास आएको दाबी गरे। रासस 


प्रकाशित : सोमबार, फागुन २९ २०७९०५:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend