आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

दुई दिनमा २३ सय रूपैयाँले बढ्यो सुनको मूल्य

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २९ २०७९
images
दुई दिनमा २३ सय रूपैयाँले बढ्यो सुनको मूल्य

सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४ हजार एकसय कायम छ। चाँदीको मूल्य १० रूपैयाँले बढेको छ।

images
images

काठमाडौं- यो साताको दुई कारोबारमा सुनको मूल्य २३ सय रूपैयाँले वृद्धि भएको छ। 

images
images
images

साताको पहिलो कारोबारमा आइतबार प्रतितोला १७ सय रूपैयाँले बढेको सुनको मूल्य सोमबार ६ सय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images

आइतबार प्रतितोला एक लाख ३ हजार पाँचसयमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोला एक लाख ४ हजार एकसय कायम छ। सोमबार तेजाबी सुनको मूल्य एक लाख ३ हजार ६ सय कायम छ, जसको मूल्य आइतबार एक लाख ३ हजार कायम थियो।

images
images

आइतबारको तुलनामा सोमबार चाँदीको मूल्य १० रूपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार २ सय ५५ रूपैयाँ कायम छ। 


प्रकाशित : सोमबार, फागुन २९ २०७९०५:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend