बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

टाटा मोटर्सको ‘इलेक्ट्रिफाइङ एक्सचेन्ज’ अफर : विद्युतीय कार एक्सचेन्ज गर्ने आज अन्तिम दिन

आइतबार, फागुन २८ २०७९
टाटा मोटर्सको ‘इलेक्ट्रिफाइङ एक्सचेन्ज’ अफर : विद्युतीय कार एक्सचेन्ज गर्ने आज अन्तिम दिन

चलिरहेको बजारको मूल्यभन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधा, र साथै हरेक गाडी हस्तान्तरणमा निःशुल्क गाडीका लागि उपयुक्त पार्टपुर्जा पनि पाइनेछ।

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नयाँ एक्सचेन्ज अफर ल्याएको छ। सिप्रदीले पेट्रोलियम कार ल्याएर विद्युतीय कार साट्न सकिने एक्सचेन्ज क्याम्प गएको शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो। 

सिप्रदीले फागुन २६ देखि २८ गतेसम्म देशभर रहेका टाटा मोटर्सका शोरुमहरुमा एक्सचेन्ज क्याम लगाएको हो। कम्पनीले यो क्याम्पलाई ‘द इलेक्ट्रिफाइङ एक्सचेन्ज’ भनेको छ। 

ग्राहकहरुका सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल, डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्यधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको छ। चलिरहेको बजारको मूल्यभन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधा, र साथै हरेक गाडी हस्तान्तरणमा निःशुल्क गाडीका लागि उपयुक्त पार्टपुर्जा पनि पाइनेछ।

अहिलेको अति चर्चित र सबैले रुचाएका टाटा मोटर्स नेक्सन ईभी र टिगोर ईभीको माग एकदम बढ्दो क्रममा छन्। यही मागलाई अझ सुलभ बनाउन चालु अवस्थामा रहेका गाडीहरुसँग टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक ईभीसँग साट्न सकिने छ, र त्यसका साथै विभिन्न अफरहरु पनि प्राप्त गर्न सकिने छ।  

यो सुविधा सीमित अवधिका लागि फागुन २८ गतेसम्म टाटा मोटर्सका शोरुमहरुमा मात्र लागु गरिएको छ। टाटाको नेक्सन ईभी भातरतका साथै नेपाली बजारमा पछि अत्याधिक रुचाइएको विद्युतीय एसयूभीमा पर्छ। 


प्रकाशित : आइतबार, फागुन २८ २०७९०५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend