आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

नेपालको ऋण २० खर्ब ७० अर्ब

images
शनिबार, फागुन २७ २०७९
images
नेपालको  ऋण २० खर्ब ७० अर्ब

गत पुस मसान्तसम्म नेपालले ११ खर्ब दुई अर्ब ५१ करोड बाह्य ऋण र ९ खर्ब ६८ अर्ब एक करोड आन्तरिक ऋण तिर्न बाँकी रहेको देखिएको हो।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०७९्/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण  २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख रुपैयाँ पुगेको छ। गत पुस मसान्तसम्म नेपालले ११ खर्ब दुई अर्ब ५१ करोड बाह्य ऋण र ९ खर्ब ६८ अर्ब एक करोड आन्तरिक ऋण तिर्न बाँकी रहेको देखिएको हो।
     
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको दोस्रो त्रैमासिक अवधिको सार्वजनिक ऋण प्रतिवेदनअनुसार चालु आवको छ। महिनाको अवधिमा  ५७ अर्ब २४ करोड रुपैयाँ ऋण थपिएको छ। गत असार मसान्तसम्म कूल सार्वजनिक ऋण  २० खर्ब १३ अर्ब रुपैयाँ थियो।

images
images
images

जसमध्ये बाह्य ऋण  १० खर्ब ५० अर्ब २३ करोड रुपैयाँ र आन्तरिक ऋण ९ खर्ब ५७ अर्ब ६१ करोड रुपैयाँ बराबर थियो। चालु आवको दोस्रो त्रैमासिक अवधिसम्ममा ७६ अर्ब ६६ करोड ९९ लाख रुपैयाँ बाह्य ऋण थपिएको छ। आन्तरिक ऋण भने गत असारको तुलनामा पुसमा  १९ अर्ब ४३ करोड रुपैयाँ घटेको छ ।
     
नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको अनुपात ४२ दशमलव ६७ प्रतिशत बराबर पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। अहिले कूल गार्हस्थ्य उत्पादन ४८ खर्ब ५१ अर्ब ६२ करोड रुपैयाँ बराबर छ। जिडिपी अनुपातमा आन्तरिक ऋण १९ दशमलव ९५ प्रतिशत र बाह्य ऋण २२ दशमलव ७२ प्रतिशत रहेको कार्यालयको तथ्यांकबाट देखिन्छ।
     
चालु आवको पुस मसान्तसम्म नेपालले ४७ अर्ब २७ करोड रुपैयाँ बराबर ऋण उठाएको छ। जसमध्ये  ३० अर्ब आन्तरिक र  १७ अर्ब २७ करोड रुपैयाँ बाह्य ऋण उठाएको हो। यही अवधिमा ४५ अर्ब ६१ करोड रुपैयाँ बराबर साँवा ब्याज भुक्तानी गरेको छ। पुस मसान्तसम्म सरकारले भुक्तानी गरेको साँवा २८ अर्ब ३० करोड र ब्याज १७ अर्ब ३१ करोड रुपैयाँ बराबर छ ।
  
यो अवधिमा आन्तरिक ऋणको साँवा १९ अर्ब ५९ करोड २५ लाख र ब्याज  १५ अर्ब ६५ करोड ९६ लाख रुपैयाँ गरी कूल  ३५ अर्ब २५ करोड रुपैयाँ भुक्तानी भएको छ भने बाह्य ऋणको साँवा  आठ अर्ब ७१ करोड र ब्याज १ अर्ब ६५ करोड गरी  १० अर्ब ३६ करोड रुपैयाँ भुक्तानी भएको छ। कूल साँवा ब्याज भुक्तानीमा आन्तरिक ऋणको साँवा ब्याज भुक्तानी ७७ दशमलव २८ प्रतिशत र बाह्य ऋणको साँवा ब्याज भुक्तानी २२ दशमलव ७२ प्रतिशत बराबर छ। रासस

images
images


प्रकाशित : शनिबार, फागुन २७ २०७९०८:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend