आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images
वाईपीओ सिंगापुरको टोली नेपालमा

विनोद चौधरीले भने- स्रोतका हिसाबले नेपाल एसियाकै धनी हुनुपर्ने हो, व्यवस्थापन नहुँदा गरिब भयो

images
शुक्रबार, फागुन २६ २०७९
images
विनोद चौधरीले भने- स्रोतका हिसाबले नेपाल एसियाकै धनी हुनुपर्ने हो, व्यवस्थापन नहुँदा गरिब भयो

स्रोत व्यवस्थापनका लागि एउटा भिजनरी नेता चाहिने र त्यो नेपालले अहिलेसम्म पाउन नसकेको उनले बताएका छन्।

images
images

काठमाडौं- स्रोतसाधनका हिसाबले नेपाल एसियाकै धनी मुलुक बन्नुपर्ने उद्योगपति तथा प्रतिनिधसभा सांसद् विनोद चौधरीले बताएका छन्। नेपालमा भ्रमणमा रहेको वाईपीओ सिंगापुर च्याप्टरको टोलीलाई सम्बोधन गर्दै चौधरीले यस्तो बताएका हुन्।

images
images
images

'नेपाल स्रोत र साधनका हिसाबले अत्यन्तै धनी छ। स्रोत हुनुमात्रै ठूलो कुरा होइन। त्यसको व्यवस्थापन पनि निकै महत्वपूर्ण हुन्छ। स्रोतको व्यवस्थापनमा समस्या हुँदा नेपाल गरिब भएको हो,' उनले भने।

images
images

स्रोत व्यवस्थापनका लागि एउटा भिजनरी नेता चाहिने र त्यो नेपालले अहिलेसम्म पाउन नसकेको उनले बताए। 'प्राकृतिक स्रोत नै नभए पनि लि क्वान युको भिजनले सिंगापुर संसारकै धनी मुलुकमध्येमा पुग्यो। दक्षिण कोरिया पनि पार्क चुङ हिको भिजनले धनी बन्यो। जब कि प्राकृतिक स्रोतको हिसाबले ती मुलुकमा धेरै सीमितता छ,' उनले भने, 'प्राकृतिक स्रोत भएकै कारण धनी हुने भए अफ्रिका संसारको सबैभन्दा धनी क्षेत्र हुने थियो। जापान र सिंगापुर सबैभन्दा गरिब हुने थिए।'

images
images

संसारमा सुन तस्करीको केन्द्र मानिने दुबईलाई आज संसारकै केन्द्र बनाउने सपना सेख मोहम्मदले गरे र अहिलेको दुबई बनाएको उनको भनाइ थियो। चौधरीले आफ्ना हजुरबाले कपडा घरघरमा बेचेर सुरु गरेको व्यवसाय आज कसरी अमेरिकाको न्युयोर्क र सिंगापुरसम्म फैलियो भन्ने कथा पनि सुनाएका थिए।   

वाईपीओ संसारभरका ३० हजारभन्दा बढी प्रमुख कार्यकारी अधिकृतहरुको संस्था हो। यसको मुख्यालय अमेरिकामा छ भने नेपाललगायत १४२ मुलुकमा यसको सञ्जाल फैलिएको छ। सन् १९५० मा स्थापना भएको वाईपीओ मानिसहरुको जीवनस्तर व्यवसाय तथा संसारलाई सुधार गर्ने उद्देश्य राखको संसारकै सबैभन्दा ठूलो नेटवर्क मानिन्छ।

अहिले वाईपीओ सिंगापुरको ४० जनाको टोली पहिलोपटक नेपाल भ्रमणामा आएको हो। शुक्रबारदेखि आइतवारसम्म नेपालमा रहने यो टोलीको भ्रमणको उद्देश्य नेपालबारे बुझ्नु र अवसरहरुको खोजी गर्नु रहेको छ।

नेपालमा पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा विदेशी लगानीको ठूलो सम्भावना रहेकाले त्यो अवसरबारे जानकारी लिन पनि लगानीकर्ता तथा प्रमुख कार्यकारीहरु नेपाल आएका हुन्। सो टोलीमा मिडिया तथा मनोरञ्जन, उड्डयन, वित्तीय प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स, हस्पिटालिटी, भेन्चर क्यापिटल, सिपिङ, माइनिङलगायत क्षेत्रमा काम गरेको युवा उद्यमीहरु सहभागी छन्।


प्रकाशित : शुक्रबार, फागुन २६ २०७९११:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend