आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

विद्युत् चोरी गर्नेमाथि प्राधिकरणले बढायो निगरानी, एकैदिन ७ जनालाई कारबाही 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २६ २०७९
images
विद्युत् चोरी गर्नेमाथि प्राधिकरणले बढायो निगरानी, एकैदिन ७ जनालाई कारबाही 

विद्युत् चोरीका घटनामा वृद्धि भएपछि विद्युत् चुहावट नियन्त्रण गर्न घरमा छापा मार्न थालिएको हो। चेकजाँचका क्रममा विद्युत् चोरी गरी सञ्चालनमा ल्याइएका विद्युत् उपकरण र घरधनीलाई नियन्त्रणमा लिने गरिएको छ।

images
images

सप्तरी- नेपाल विद्युत् प्राधिकरण राजविराज शाखाले गैरकानुनी ढंगबाट विद्युत् चोरी गर्ने माथि निगरानी बढाएको छ। 

images
images
images

विद्युत् चोरीका घटनामा वृद्धि भएको गुनासो आउन थालेपछि शाखाले प्रहरीको सहयोग लिएर अहिले विद्युत चुहावट नियन्त्रणको काम सुरू गरेको हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विद्युत् प्राधिकरणको संयुक्त टोलीले आज सप्तरीको विभिन्न स्थानबाट विद्युत् चुहावट गर्ने सात जनालाई नियन्त्रणमा लिएको छ।

images
images

डाक्नेश्वरी नगरपालिका-३ तरहीका लक्ष्मीकुमार राय, श्यामकुमार मुखिया, श्रीप्रसाद साह, सन्तोषकुमार मुखिया, विष्णुपुर गाउँपालिका-१ खुरु हुरियाका गणेशकुमार यादव, विष्णुशर्मा र शम्भुनाथ नगरपालिका-१२ सोनमाकायदुनन्द यादवलाई नियन्त्रणमा लिएको सप्तरी प्रहरीले जनाएको छ। 

images
images

यसअघि यही फागुन १९ गते अनाधिकृतरूपमा विद्युत् उपभोग गरिरहेका विष्णुपुर गाउँपालिका-२ सिम्राहाका सात जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको थियो। शाखाले गरेको सर्च अप्रेसनमा कतिपयले घरमा मिटर राखे पनि बिजुलीको पोलमा हुकिङ गरी विद्युत् चोरी गरेको पाइएको छ।

विद्युत् चोरीका घटनामा वृद्धि भएपछि विद्युत् चुहावट नियन्त्रण गर्न घरमा छापा मार्न थालिएको हो। चेकजाँचका क्रममा विद्युत् चोरी गरी सञ्चालनमा ल्याइएका विद्युत् उपकरण र घरधनीलाई नियन्त्रणमा लिने गरिएको छ।

विभिन्न स्थानमा विद्युत् चोरी हुने गरेकाले ट्रान्सफर्मर जल्ने र विद्युतीय दुर्घटना हुने गरेको विद्युत् प्राधिकरणले जनाएको छ। शाखाले गरेको सर्च अपरेसन र कारबाहीले विद्युतीय दुर्घटनाको जोखिममा रहेका र लोडसेडिङको समस्या भोग्नुपरेका स्थानीयवासी भने खुसी भएका छन्। रासस


प्रकाशित : शुक्रबार, फागुन २६ २०७९०७:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend