आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

विराटनगरमा सुरू हुँदै नगर बस, ज्येष्ठ नागरिक र अपांगता भएकालाई निःशुल्क सेवा

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २६ २०७९
images
विराटनगरमा सुरू हुँदै नगर बस, ज्येष्ठ नागरिक र अपांगता भएकालाई निःशुल्क सेवा

नगर बसमा ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले निःशुल्क आवागमन गर्न पाउनेछन्। महिला र विद्यार्थीलाई सहुलियत दिने र अन्यलाई पनि न्यून शुल्क लिएर सेवा दिने महानगरको तयारी छ।

images
images

विराटनगर- विराटनगर महानगरपालिकाले सञ्चालनमा ल्याउन लागेको नगर बसका लागि दोस्रोपटक रुट परीक्षण (ट्रायल) गरिएको छ। महानगरपालिकाका प्रमुख नागेश कोइरालाको नेतृत्वमा बिहीबार रुट परीक्षण गरिएको हो। 

images
images
images

कम्पनीकै गाडीमार्फत रुट परीक्षण गरिएको थियो। कुन रुटमा कति क्षमता र साइजका बस सञ्चालन गर्न सहज हुन्छ भनेर परीक्षण गरिएको महानगर प्रमुख कोइरालाले बताए। 

images
images

नगर बसमा ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले निःशुल्क आवागमन गर्न पाउनेछन्। महिला र विद्यार्थीलाई सहुलियत दिने र अन्यलाई पनि न्यून शुल्क लिएर सेवा दिने महानगरको तयारी छ।

images
images

बस वातानुकूलितसहितका विभिन्न सुविधा हुने महानगरले जनाएको छ। पूर्णरूपमा तयार भएपछि नगर बस सञ्चालनमा ल्याइनेछ। परीक्षणका क्रममा सवारी चाप, जनघनत्व, घुम्ती तथा मोडहरूमा आइपर्ने समस्यालगायतका विषयमा समेत अध्ययन हुनेछ।
 
महानगरले मिलनचोक, ढाट, इक्राही, केशलियालगायत विभिन्न रुटबाट बस सञ्चालन गर्ने तयारी गरेको छ।

सर्वसाधारणको सहज आवागमनको उद्देश्यसहित महानगरले सिटी बस सञ्चालन गर्न लागेको हो। प्रारम्भिक चरणमा १९ वटा सिटी बस सञ्चालनको तयारी रहेको छ। यसअघि फागुन १८ गते पनि उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा रुट परीक्षण गरिएको थियो। रासस


प्रकाशित : शुक्रबार, फागुन २६ २०७९०४:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend