आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

भ्रष्टाचार मुद्दामा निलम्बित सांसद गुरुङलाई जरिवानामात्रै, पूर्वमन्त्री न्यौपानेलाई साढे ९ वर्ष कैदसहित जरिवाना

images
बिहीबार , फागुन २५ २०७९
images
भ्रष्टाचार मुद्दामा निलम्बित सांसद गुरुङलाई जरिवानामात्रै, पूर्वमन्त्री न्यौपानेलाई साढे ९ वर्ष कैदसहित जरिवाना

विशेष अदालतले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गा भाडामा दिँदा भएको भ्रष्टाचार मुद्दामा निलम्बित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई २ करोड ४५ लाख बराबर बिगो र जरिवाना गर्ने फैसला सुनाएको छ।

images
images

काठमाडौं- विशेष अदालतले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को जग्गा भाडामा दिँदा भएको भ्रष्टाचार मुद्दामा निलम्बित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई २ करोड ४५ लाख बराबर बिगो र जरिवाना गर्ने फैसला सुनाएको छ।

images
images
images

यसैगरी पूर्वमन्त्री बद्रिप्रसाद न्यौपानेलाई भने मुख्य दोषी ठहर गरेको छ। मुख्य दोषी ठहर भएका न्यौपानेलाई ९ वर्ष ६ महिना कैद र बिगो तथा जरिवाना गरी ४ करोड ८७ लाख बराबर असुलउपर गर्ने फैसला भएको छ। श्रीकान्त पौडेलसहितको इजलासले यस्तो सजाय ठहर गरेको हो। 

images
images

भृकुटीमण्डपस्थित फनपार्क भाडामा दिँदा अनियमिता गरेको आरोपमा अख्तियारले गुरुङसहित नेकपा एमालेका नेता एवं पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेसमेत १४ जनालाई विपक्षी बनाएको थियो। अख्तियारले विपक्षी बनाइएकाहरुविरुद्ध ३१ करोड ५२ लाख १७ हजार ६ हजार ७८ रुपैयाँ बिगो र कैद मागदाबी गरिएको थियो। 

images
images

विशेषले पाँच जनालाई सफाइ दिँदै नौ जनालाई दोषी ठहर गरेको थियो।

७ जनालाई कैद र जरिवाना तथा दुईजनालाई जरिवानामात्र सजाय सुनाइएको छ। कैद सजाय नभएका रविन्द्र गुरुङलाई २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ ५० पैसा जरिवाना र सो बराबरको बिगो भराउने फैसला भएको विषेश अदालतले जनाएको छ।


प्रकाशित : बिहीबार , फागुन २५ २०७९१२:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend