आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

दुई दिनमा १५ सय रूपैयाँले सस्तियो सुन

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २५ २०७९
images
दुई दिनमा १५ सय रूपैयाँले सस्तियो सुन

मंगलबारको तुलनामा बुधबार प्रतितोला एक हजार रूपैयाँले सस्तिएको सुन बिहीबार पाँचसय रूपैयाँले घटेको हो।

images
images

काठमाडौं। बिहीबार सुनको मूल्य पाँचसय रूपैयाँले सस्तिएको छ। 

images
images
images

नेपाल सुनचाँदी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँचसय रूपैयाँ कायम छ। 

images
images

मंगलबारको तुलनामा बुधबार प्रतितोला एक हजार रूपैयाँले सस्तिएको सुन बिहीबार पाँचसय रूपैयाँले घटेको हो। दुई दिनमा सुनको मूल्यमा १५ सय रूपैयाँको गिरावट आएको हो। 

images
images

मंगलबार छापावाल सुन एक लाख दुई हजार पाँचसय रूपैयाँमा कारोबार भएको थियाे भने बुधबार एक लाख एक हजार पाँचसय रूपैयाँ कायम थियाे। तेजाबी सुनको मूल्य बुधबार एक लाख एक हजार तोकिएको थियाे, जसको मूल्य मंगलबार एक लाख दुई हजार कायम थियो। 

बिहीबार चाँदी पनि घटेको छ। बुधबार ४० रूपैयाँले सस्तिएको सुन बिहीबार पाँच रूपैयाँले घटेको हो। बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार दुईसय २० रूपैयाँ कायम छ। चाँदी मंगलबार एक हजार २ सय ६५ रूपैयाँमा कारोबार भएको थियो। 


प्रकाशित : बिहीबार , फागुन २५ २०७९०५:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend