बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

अन्तर्राष्ट्रिय नारी दिवस : सिप्रदीको ‘नेक्सन ईभी वेमेन ड्राइभ द नेशन’

बुधबार, फागुन २४ २०७९
अन्तर्राष्ट्रिय नारी दिवस : सिप्रदीको ‘नेक्सन ईभी वेमेन ड्राइभ द नेशन’

आ-आफ्नो क्षेत्रबाट विशेष योगदान दिइरहेका कार्यक्रममा सहभागी महिलाहरुलाई नेक्सन ईभीको प्रयोगद्वारा वातावरण संरक्षणमा पनि टेवा पुर्याउन प्रोत्साहन गर्न थापाथली स्थित शोरुमबाट बागडोल हुँदै नैकापसम्म नेक्सन ईभीमा यात्रा गरेका थिए।

काठमाडौं- ‘नेक्सन ईभी वेमेन ड्राइभ द नेशन’ नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सिप्रदी टाटा मोटर्सले नारी विशेष कार्यक्रम आयोजना गरेको छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा देश विकास र पहिचान स्थापनामा नारीहरुको योगदानको उच्च कदर गर्दै  ’नेक्सन ईभी वेमेन ड्राइभ द नेशन’ नारा का साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको जनाएको छ। 

यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवसमा ‘डिजिटल : आविष्कार र प्रविधिमा लैंगिक समानता’ नारा बोकेको पहललाई कुनै न कुनै रुपले  सहयोग पुग्ने हेतुले अहिलेको विद्युतीय सवारी र त्यसको लागि जरूरी पूर्वाधार, सिप तथा जानकारी दिन ‘नेक्सन ईभी वेमेन ड्राइभ द नेशन’ कार्यक्रम आयोजना गरिएको जानकारी प्यासेन्जर भेहिकल प्रमुख शावंतजंग सिजापतिले दिए। 

नेक्सन ईभीका महिला ग्राहकहरुको सहभागितासँगै वात्सल्यकी वरिष्ठ प्रजनन् विशेषज्ञ डा. आकृति भारतीको प्रमुख आतिथ्य रहेको यस कार्यक्रममा मिस नेपालक प्रियंका रानी जोशी , न्यान्सी खड्का , र शरिसा श्रेष्ठका साथै सिप्रदी ट्रेडिङमा कार्यरत महिलाहरु र टाटा मोटर्सका महिला ग्राहकहरुको सहभागीता रहेको थियो।

विद्युतीय गाडी सञ्चालनको आधारभूत प्रक्रिया र प्रणाली सम्बन्धि जानकारी अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै एकदम जरूरी रहेको र यसमा हरेक व्यक्तिले नयाँ प्रविधि जान्नु/बुझ्नुपर्ने समय रहेको जानकारी टाटा मोटर्सका तर्फबाट कन्ट्रीम्यानेजर अजित नारायण सिंहले बताए। 

आ-आफ्नो क्षेत्रबाट विशेष योगदान दिइरहेका कार्यक्रममा सहभागी महिलाहरुलाई नेक्सन ईभीको प्रयोगद्वारा वातावरण संरक्षणमा पनि टेवा पुर्याउन प्रोत्साहन गर्न थापाथली स्थित शोरुमबाट बागडोल हुँदै नैकापसम्म नेक्सन ईभीमा यात्रा गरेका थिए।

Nexon EV Women Lineup.jpg

यसै दौरान बागडोलमा ग्राहक सेवा प्रमुखसँग सँगै कर्मचारी द्वारा फास्ट चार्जिङ स्टेसनका महत्वपूर्ण जानकारी, ईभी गाडीमा ख्याल राख्नु पर्ने र जान्नु पर्ने तरिकाहरु सिकाइएको थियो। यसै भ्रमणका क्रममा नेपालको एकमात्र ब्याट्री डायग्नोस्टिक तथा रेस्टोरेसन फेसिलिटीमा ईभी गाडीको हेरचाह तथा मर्मत नेपालमा गर्न सकिने विश्वस्तरीय उपकरणहरु पनि देखियो।

बागडोलपश्चात सिप्रदी नैकापस्थित ‘ईभी लर्निङ सेन्टर’ मा विद्युतीय गाडी सञ्चालनको आधारभूत प्रक्रिया र प्रणाली सम्बन्धि जानकारी गराइएको थियो। दक्षिण एसियाकै एकमात्र ट्रेनिङ सेन्टर जहाँ पूर्णरुपमा संचालित उच्च उपकरणहरु पढ्न, बुझ्न र सिक्न सकिने ’ईभी लर्निङ सेन्टर’को भ्रमण गर्दै विभिन्न जिज्ञासाहरु पनि राख्ने मौका दिएकोमा ट्रेनिङ सेन्टरका सुमिरा क्षेत्री तथा प्रमुख दिपेश पौडेललाई सहभागीले आधार व्यक्त गरेका थिए। नैकाप पुगेसँगै विभिन्न मनोरन्जनात्मक खेल, प्रश्नोत्तर र खानपिनका विभिन्न परिकारको व्यस्था रहेको यस कार्यक्रमले नेक्सन ईभीका ग्राहक सँगसँगै मिस नेपालका प्रतिस्पर्धीलाई थप हौसला दिने विश्वास सिप्रदी ट्रेडिङ प्रालिले लिएको छ। 

साथै ‘नारीहरुको योगदानको कदर हुनु सकारात्मक रहेको र यसले भावी पुस्तालाई देशको लागि केहि गर्न प्रोत्साहन गरिरहने’ प्रमुख अतिथि डा आकृति भारतीले पनि आफ्नो मन्तव्य मार्फत् व्यक्त गरेकी थिइन्। 


प्रकाशित : बुधबार, फागुन २४ २०७९१२:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend